२०८३, आश्विन २५ गते

आइतवार, आश्विन २५ गते २०८३

Update: गोरखा बूढीगण्डकी बाढी , चार जनाको अवस्था अज्ञात

आइतवार, आश्विन २५ २०८३०९:३७

चुमनुब्री गाउँपालिका–६ भएर बग्ने उङगिलुङ खोलाबाट बूढीगण्डकी नदीमा आएको बाढीले धार्चे गाउँपालिका जोड्ने माछीखोला पुल बगाएको छ । बाढीले माछीखोला बजारमा समेत क्षति पुर्‍याएको छ ।

सहायक प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माका अनुसार बाढीले आरुघाटको सोती र मान्बु जोड्ने पुलसमेत बगाएको छ ।

बाढीले उङगिलुङ खोला किनारमा रहेका चारवटा गोठ बगाएको छ । ती गोठमा बाँधिएका १५ वटा याक र नाकसमेत बाढीले बगाएको बताइएको छ ।

पशुको हेरचाहका लागि खटिएका चार जना व्यक्ति भने सम्पर्कविहीन भएका छन् । उनीहरूको खोजी तथा बाढीबाट भएको क्षतिको विवरण संकलनबारे थप जानकारी आउन बाँकी छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार
ताजा समाचार
  • Site BY Sobij