२०८३, आश्विन २५ गते

आइतवार, आश्विन २५ गते २०८३

बाढीपहिरोको विपत्तिपछि पूर्वराजा ज्ञानेन्द्रले यस वर्ष सर्वसाधारणलाई दशैँको टीका नलगाइदिने

आइतवार, आश्विन २५ २०८३०९:५८

पूर्वराजा ज्ञानेन्द्र शाहले यस वर्षको विजया दशमीमा सर्वसाधारणलाई टीका तथा जमरा नलगाइदिने भएका छन् । 
बाढीपहिरो र अविरल वर्षाका कारण ठूलो जनधनको क्षति भएको तथा हजारौँ नागरिक विस्थापित भएको अवस्थालाई मध्यनजर गर्दै उनले दशैँ सादगीपूर्वक मनाउने निर्णय गरेका हुन् ।
पूर्वराजाको संवाद सचिवालयले सूचना जारी गर्दै यस वर्ष विजया दशमीका दिन सर्वसाधारणलाई टीका तथा जमरा प्रदान गर्ने कार्यक्रम नरहेको जनाएको छ।
सचिवालयका अनुसार भदौमा हिमपहिरोपछि आएको भीषण बाढी तथा असोजमा परेको अविरल वर्षाका कारण ठूलो जनधनको क्षति भएको छ।
सयौँले ज्यान गुमाउनुका साथै हजारौँ मानिस विस्थापित भएको दुःखद परिस्थितिलाई ध्यानमा राखेर पूर्वराजाले यस्तो निर्णय लिएका हुन्।
यस्तो असहज अवस्थामा आफ्नो आस्था, मान्यता र मर्यादालाई कायम राख्दै यस वर्षको बडादशैँ सादगीपूर्वक मनाउने निधो गरिएको सचिवालयले जनाएको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार
ताजा समाचार
  • Site BY Sobij