दिल्ली । भारतको राजधानी दिल्लीमा शनिबार ककरोच जनता पार्टी (सीजेपी) ले आयोजना गरेको विरोध प्रदर्शनका क्रममा पश्चिम बंगालका पूर्वमुख्यमन्त्री ममता बनर्जी, केरलाका पूर्वमुख्यमन्त्री पिनाराई विजयन र त्रिपुराका पूर्वमुख्यमन्त्री माणिक सरकारलाई प्रहरीले पक्राउ गरेको छ।
भारतीय अनलाइन दैनिक भास्करका अनुसार यसअघि जन्तर मन्तरनजिकैबाट सीजेपीका झन्डै एक हजार समर्थक पक्राउ परिसकेका छन्। पार्टीका संस्थापक अभिजित दीपके, आशुतोष रान्का र सौरभ दासलाई दिल्ली विमानस्थलमा ओर्लिनेबित्तिकै पक्राउ गरिएको जनाइएको छ। युट्युबर ध्रुव राठीलाई पनि गुरुग्रामस्थित उनको निवासबाट प्रहरीले हिरासतमा लिएको छ।
प्रदर्शनकारीलाई जन्तर मन्तर पुग्नबाट रोक्न प्रहरीले ब्यारिकेड लगाएको थियो। सवारीसाधन रोक्न सडकमा किला राखिएका थिए भने केही प्रदर्शनकारीले ब्यारिकेडसमेत तोडेका थिए।
प्रतिक्रिया दिनुहोस