काठमाडौं । धादिङको गजुरी नजिक गलौंदीमा सडक भासिएर अवरुद्ध भएको पृथ्वीराजमार्ग खुलाउन सडक विभागले काम तीव्र बनाएको छ।
त्रिशूली नदीका कारण सडक भासिएपछि अवरुद्ध भएको खण्ड खुलाउन डोजरसहित आवश्यक जनशक्ति परिचालन गरिएको पूर्वाधार विकासमन्त्री सुनिल लम्सालको निजी सचिवालयले जनाएको छ।
स्थानीय तहसँग समन्वय गरी सडकको पछाडिको भाग काटेर वैकल्पिक मार्ग तयार पार्दै यातायात सञ्चालनमा ल्याउने प्रयास भइरहेको छ। आज साँझसम्म उक्त काम सम्पन्न गरी सडक पुनः सञ्चालनमा ल्याउने लक्ष्यसहित काम अघि बढाइएको सचिवालयले जनाएको छ।
प्रतिक्रिया दिनुहोस