२०८३, आश्विन २५ गते

आइतवार, आश्विन २५ गते २०८३

शंकर पोखरेलसँग मनमुटाव रहेको चर्चा निराधार हो : केपी ओली

शनिवार, आश्विन २४ २०८३०४:४४

काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले पार्टी महासचिव शंकर पोखरेलसँग आफ्नो सम्बन्धमा दरार आएको भन्ने सार्वजनिक चर्चालाई निराधार भन्दै खारेज गरेका छन्।

ललितपुरको च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा बसेको स्थायी कमिटी बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै अध्यक्ष ओलीले पार्टीको शीर्ष नेतृत्वबीच कुनै प्रकारको मनमुटाव नरहेको स्पष्ट पारेका हुन्।

पछिल्ला केही दिनयता एमाले वृत्तमा अध्यक्ष ओली र महासचिव पोखरेलबीच असमझदारी बढेको र संवादसमेत टुटेको भन्दै विभिन्न अड्कलबाजी भइरहेका थिए। बैठकपछि पत्रकारहरूले राखेको जिज्ञासाको जवाफ दिँदै ओलीले ती चर्चामा ‘रत्तिभर सत्यता नरहेको’ दाबी गरे।

‘बिल्कुलै सत्यता छैन। उहाँले फोनसमेत उठाउनुभएन भन्ने कुरा पनि सुनियो। तर यस्ता कुरालाई अनावश्यक रूपमा विवादको विषय बनाउनु उचित हुँदैन। उहाँसँग मेरो कुनै मनमुटाव छैन,’ ओलीले भने।

महासचिव पोखरेलले अध्यक्षको फोनसमेत नउठाएको भन्ने चर्चाबारे सोधिएको प्रश्नमा ओलीले फोन नउठाएको भन्ने विषयलाई मात्रै आधार बनाएर सम्बन्धमा समस्या रहेको निष्कर्ष निकाल्न नमिल्ने बताए।

‘राजनीतिक विचार र जिम्मेवारी फरक हुन सक्छन्, तर त्यसलाई व्यक्तिगत सम्बन्धसँग जोडेर हेर्नु उचित हुँदैन,’ उनले भने।

अध्यक्ष ओलीले पार्टी सञ्चालन र नीतिगत विषयमा शीर्ष नेतृत्वबीच निरन्तर समन्वय तथा सौहार्दपूर्ण संवाद कायम रहेको पनि उल्लेख गरे।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार
ताजा समाचार
Site BY Sobij