२०८३, कार्तिक १ गते

शनिवार, कार्तिक १ गते २०८३

एमाले अध्यक्ष ओलीद्वारा नीति अध्ययन तथा अनुसन्धान प्रतिष्ठान ‘इन्स्पायर’को वेबसाइट सार्वजनिक

बिहिवार, आश्विन २९ २०८३०३:३७

काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले पार्टीको नीति अध्ययन तथा अनुसन्धान प्रतिष्ठान नेपाल (इन्स्पायर) को वेबसाइट सार्वजनिक गरेका छन्।

इन्स्पायरमार्फत नेपालले सामना गरिरहेका राजनीतिक, आर्थिक, सामाजिक, सांस्कृतिक, प्रविधिगत तथा भूराजनीतिक चुनौतीहरूको अध्ययन तथा अनुसन्धान गरिने प्रतिष्ठानका अध्यक्ष विष्णु रिमालले जानकारी दिए।

रिमालका अनुसार इन्स्पायरले नीतिनिर्माता र विषयविज्ञलाई एकै ठाउँमा ल्याएर विभिन्न विषयमा छलफल सञ्चालन गर्दै आएको छ। ज्ञान उत्पादन र रणनीतिक बहसलाई सहजीकरण गर्दै प्रतिष्ठानले नेपालको लोकतान्त्रिक, समाजवादउन्मुख तथा राष्ट्रिय विकासको एजेन्डामा योगदान पुर्‍याउने लक्ष्य राखेको छ।

बिहीबार सार्वजनिक गरिएको वेबसाइट नेपाली र अंग्रेजी दुवै भाषामा उपलब्ध छ। वेबसाइटमा अर्थराजनीति, समाज अध्ययन, प्राकृतिक स्रोत, प्रविधि तथा नवप्रवर्तन र परराष्ट्र मामिलासहित पाँच विधा समेटिएका छन्।

वेबसाइटमा इन्स्पायरले यसअघि सञ्चालन गरेका नीतिगत बहसका कार्यपत्र तथा जर्नल लेखहरू पनि प्रकाशित गरिएका छन्। त्यहाँ आठ वटा कार्यपत्र र चार वटा विशेष प्रतिवेदन समावेश छन्।

वेबसाइटमा अन्तर्राष्ट्रिय कम्युनिस्ट आन्दोलनको आलोकमा जनताको बहुदलीय जनवाद, बदलिँदो जनसांख्यिक संरचना, नेपाली समाजको रूपान्तरण, उत्पादन सम्बन्ध, राष्ट्रिय सुरक्षा नीति, विश्वको अर्थराजनीति, शक्ति सन्तुलन, आप्रवासनबाट उत्पन्न संरचनात्मक परिवर्तन र समाजको वर्ग विश्लेषणलगायत विषयका कार्यपत्र प्रकाशित छन्।

त्यसैगरी, वेबसाइटमा ‘किताबका कुरा’ र ‘यूथ इग्नाइट’ लगायतका शीर्षक पनि समावेश छन्।

इन्स्पायरका कार्यकारी निर्देशक आशिष रेग्मीका अनुसार वेबसाइटमा प्रकाशित सामग्रीका विषयमा नीतिगत बहसपछि आएका नयाँ विचारहरूलाई ‘पोलिसी ल्याब’ मा समेटिनेछ।

वेबसाइटको नेपाली भाषाको सम्पादक रामशरण बजगाईँ र अंग्रेजी भाषाको सम्पादक बालकृष्ण कट्टेल रहेका छन्।

एमालेलाई नीतिगत रूपमा बलियो बनाउनुका साथै राजनीतिभन्दा बाहिर चलिरहेका बहस र समाजमा उठिरहेका विषयलाई वेबसाइटमार्फत राजनीतिको मूल प्रवाहमा ल्याउने प्रयास गरिएको अध्यक्ष रिमालले बताए।

वेबसाइटमा प्रकाशित सामग्रीका विषयमा डा. युवराज खतिवडा, प्रा. डा. योगेन्द्रबहादुर गुरुङ, डा. नेत्र तिम्सिना, डा. विष्णुराज उप्रेती, प्रज्ञा अधिकारी र डा. टीका ढकालले आफ्ना धारणा राखेका थिए।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार
ताजा समाचार
  • Site BY Sobij