२०८३, कार्तिक २ गते

आइतवार, कार्तिक २ गते २०८३

देउवा समूहले ८ जिल्लामा गर्‍यो अधिवेशन, जिल्ला सभापति चयन

शुक्रवार, आश्विन ३० २०८३०४:२५

काठमाडौं । नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा समूहले समानान्तर महाधिवेशनको तयारीस्वरूप आठ जिल्लामा अधिवेशन सम्पन्न गरेको छ।

चुनदेवीस्थित देउवा समूहको कार्यालयका अनुसार संखुवासभा, डडेलधुरा, डोटी, हुम्ला, मुगु, जुम्ला, रुकुमपश्चिम र कालिकोटमा नयाँ नेतृत्व चयन गरिएको हो।

अधिवेशनबाट संखुवासभामा रामकुमार जिसी, डडेलधुरामा विजय खड्का, डोटीमा देउप्रसाद बुढा, हुम्लामा सूर्यबहादुर शाही, जुम्लामा नेत्रकला शाही, मुगुमा तिलकबहादुर महत, रुकुमपश्चिममा नन्दबहादुर विष्ट र कालिकोटमा योगेन्द्र विष्ट जिल्ला सभापतिमा चयन भएका छन्।

देउवा समूहले आगामी मंसिर २१ देखि २३ गतेसम्म पार्टीको १५औँ महाधिवेशन गर्ने कार्यतालिका सार्वजनिक गर्दै तल्लो तहका अधिवेशनहरू अघि बढाइरहेको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार
ताजा समाचार
  • Site BY Sobij