२०८३, कार्तिक १ गते

शनिवार, कार्तिक १ गते २०८३

डिआइजीले ४० लाख मागेको भन्दै झुटो उजुरी दिने व्यक्तिलाई अख्तियारले गर्‍यो जरिवाना

बिहिवार, आश्विन २९ २०८३०३:४६

काठमाडौं । नेपाल प्रहरीका एक प्रहरी नायब महानिरीक्षक (डिआइजी) ले सहकारीको ऋण मिनाहा गरिदिने बहानामा ४० लाख रुपैयाँ मागेर धम्क्याएको भन्दै झुटो उजुरी दिने एक व्यक्तिलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कारबाही गरेको छ।

अरूको नाम र हस्ताक्षर दुरुपयोग गरी बदनियतपूर्वक झुटो उजुरी दिएको पुष्टि भएपछि अख्तियारले रुकुम पश्चिमको आठबिसकोट नगरपालिका–५ का दीपक पुनमगरलाई दुई हजार रुपैयाँ जरिवाना गरेको हो।

सहकारीबाट ऋण लिएका एक डिआइजीले मुद्दा मिलाइदिने भन्दै १५ लाख रुपैयाँ नगद र २५ लाख रुपैयाँ आफ्नी कान्छी श्रीमतीका नाममा चेक लिएको तथा धम्क्याएको आरोपसहित अख्तियारमा एबी राईको नामबाट उजुरी दर्ता भएको थियो।

तर, अनुसन्धानका क्रममा उजुरीकर्ता भनिएका आङबाबु राईले आफूले त्यस्तो कुनै उजुरी नदिएको र उजुरीमा रहेको हस्ताक्षरसमेत आफ्नो नभएको भनी सनाखत गरेका थिए।

थप अनुसन्धानका क्रममा दीपक पुनमगरले आङबाबु राईको जानकारी र सहमतिविना नै उनको नाम तथा हस्ताक्षर प्रयोग गरेर उजुरी दर्ता गराएको बयान दिएका थिए।

अख्तियारका अनुसार दीपक पुनमगर र आङबाबु राई दुवैले कुनै पनि डिआइजीबाट धम्की नआएको र मुद्दा मिलाइदिने भन्दै रकमसमेत नमागिएको बयान दिएका थिए। त्यसपछि अरूको नाम र हस्ताक्षर दुरुपयोग गरी झुटो उजुरी दिएको ठहर गर्दै अख्तियारले पुनमगरलाई दुई हजार रुपैयाँ जरिवाना गरेको हो।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार
ताजा समाचार
  • Site BY Sobij