२०८३, कार्तिक १ गते

शनिवार, कार्तिक १ गते २०८३

छायाँनाथ रारा नगरपालिकाद्वारा अन्तरजातीय विवाह गर्ने दुई जोडीलाई जनही एक लाख सहयोग

बिहिवार, आश्विन २९ २०८३०३:५३

मुगु । छायाँनाथ रारा नगरपालिकाले अन्तरजातीय विवाह गरेका दुई जोडीलाई जनही एक लाख रुपैयाँका दरले आर्थिक सहयोग प्रदान गरेको छ। सामाजिक समानता र सद्भाव प्रवर्द्धन गर्ने उद्देश्यले नगरपालिकाले उक्त सहयोग उपलब्ध गराएको हो।

छायाँनाथ रारा नगरपालिका दलित ऐन, २०८० अनुसार नगरपालिकाले बिहीबार औपचारिक कार्यक्रम आयोजना गरी दुवै जोडीलाई चेक हस्तान्तरण गरेको छ।

आर्थिक सहयोग प्राप्त गर्नेमा छायाँनाथ रारा नगरपालिका–१०, झाकोटका विक्रमबहादुर नेपाली र पवित्रा चौलागाईं तथा वडा नम्बर १३, थार्पका मानसिंह नेपाली र सरिता सेजुवाल रहेका छन्।

नगरप्रमुख विष्णुकुमार भामले जातीय विभेद र छुवाछुत अन्त्य गर्दै सबै नागरिकले समान अधिकार र सम्मानका साथ बाँच्न पाउने वातावरण निर्माण गर्न अन्तरजातीय विवाह गर्ने जोडीलाई प्रोत्साहनस्वरूप आर्थिक सहयोग प्रदान गरिएको बताए।

त्यस्तै, उपप्रमुख ऐश्वर्य मल्लले समाजमा विद्यमान जातीय विभेद हटाउन सबैको सोच र व्यवहारमा परिवर्तन आवश्यक रहेको बताइन्। अन्तरजातीय विवाह गर्ने जोडीलाई प्रोत्साहन गर्नुका साथै समतामूलक र विभेदमुक्त समाज निर्माणमा यस्ता कार्यक्रमले सहयोग पुग्ने उनको विश्वास छ।

नगरपालिकाको यस पहलले अन्तरजातीय विवाह गर्ने जोडीलाई आर्थिक प्रोत्साहन मिल्नुका साथै सामाजिक सद्भाव अभिवृद्धि र जातीय विभेद न्यूनीकरणमा सकारात्मक योगदान पुर्‍याउने अपेक्षा गरिएको अधिकारकर्मीहरूले बताएका छन्।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार
ताजा समाचार
  • Site BY Sobij