२०८३, कार्तिक १ गते

शनिवार, कार्तिक १ गते २०८३

विश्व राजनीतिमा शोषण र हस्तक्षेपको स्वरूप बदलिएको छ : ओली

बिहिवार, आश्विन २९ २०८३०४:१५

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले विश्व राजनीतिमा शोषण, नियन्त्रण र हस्तक्षेप गर्ने तरिकामा असाधारण परिवर्तन आएको बताएका छन्।

पार्टी निकट नीति अध्ययन तथा अनुसन्धान प्रतिष्ठान नेपालको वेबसाइट सार्वजनिक गर्ने कार्यक्रममा बिहीबार सम्बोधन गर्दै अध्यक्ष ओलीले लोकतन्त्रका जनक र रक्षक दाबी गर्नेहरू नै अलोकतान्त्रिक तरिकाले चल्न थालेको टिप्पणी गरे।

‘ग्लोबल पोलिटिक्समा हेर्नुपर्ने कुरा के हो भने इन्टरफेरेन्स फरक गहिराइको छ। राष्ट्रहरूमाथिको एक्स्प्लोइटेसन र इन्टरफेरेन्स फरक लेभलको छ,’ उनले भने।

ओलीले सरकार उल्टाउने, हटाउने र नयाँ सरकार गठन गराउने प्रक्रिया पहिलेजस्तो नभएको दाबी गरे। लोकतन्त्रका जनक र रक्षक दाबी गर्नेहरूले नै षड्यन्त्रमूलक तथा अलोकतान्त्रिक तरिकाले सत्ता परिवर्तन गराउने र आफूअनुकूलका सरकार स्थापना गर्ने गरेको उनको भनाइ थियो। यस्ता गतिविधिबारे अनुसन्धान हुनुपर्ने उनले बताए।

पूर्वप्रधानमन्त्री ओलीले यस्तो हस्तक्षेपको सिकार नेपाल मात्र नभई अन्य देशहरू पनि भइरहेको बताए। उनले नेपालमा ‘कम्प्रिहेन्सिभ डेमोक्रेसी’ को चर्चा भइरहे पनि लोकतन्त्र नै कमजोर बन्दै गएको टिप्पणी गरे।

‘अलोकतान्त्रिक ढङ्गले हुत्त्याउने, अति पपुलर मान्छेलाई रातारात अनपपुलर बनाइदिन्छन्,’ उनले भने।

ओलीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारसँग सम्बन्धित भनिएको अडियोको प्रसङ्गसमेत उल्लेख गर्दै रातारात कसैलाई हिरो बनाउने र कसैलाई अलोकप्रिय बनाउने प्रवृत्ति खतरनाक रहेको बताए।

‘रातारात हिरो बनाइदिन्छ। खोतल्ने हो भने यहाँ कति हिरो छन्। यो ट्रेन्ड बहुत खतरनाक छ। यस्तो अरू देशमा पनि भइरहेको छ,’ उनले भने।

यस्ता गतिविधिका कारण विश्व व्यवस्था नै ध्वस्त हुँदै गएको दाबी गर्दै ओलीले त्यसको सबैभन्दा बढी असर नेपालजस्ता देशहरूलाई पर्ने बताए।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार
ताजा समाचार
  • Site BY Sobij