२०८३, कार्तिक १ गते

शनिवार, कार्तिक १ गते २०८३

पाकिस्तानमा स्कुलको छाना खस्दा ३५ जनाको मृत्यु, ३४ विद्यार्थी

बिहिवार, आश्विन २९ २०८३०४:२४

पेशावर । पाकिस्तानको पेशावरस्थित एक निजी विद्यालयको छाना खस्दा मृत्यु हुनेको सङ्ख्या ३५ पुगेको छ। बिहीबार भएको उक्त दुर्घटनामा ३४ विद्यार्थी र एक महिला शिक्षकको मृत्यु भएको हो।

मृत्यु हुने सबै बालबालिका १३ वर्ष वा सोभन्दा कम उमेरका रहेको जनाइएको छ।

पेशावरको दीर कोलोनिए क्षेत्रमा भएको दुर्घटनामा ४० जनाभन्दा बढी घाइते भएका छन्। घाइतेहरूको उपचारका लागि अस्पतालमा आपतकाल घोषणा गरिएको छ। अस्पतालको ट्रमा वार्डमा चिकित्सक तथा अन्य स्वास्थ्यकर्मीलाई तयारी अवस्थामा राखिएको छ।

दुर्घटनालगत्तै विद्यालय परिसरमा मानिसहरूको भीड लागेको थियो। भग्नावशेषमा अझै केही मानिस च्यापिएको आशङ्कामा खोजी तथा उद्धार कार्य जारी रहेको छ।

पाकिस्तानी सैनिकहरूले पनि उद्धार तथा राहत कार्यमा सहयोग गरिरहेका छन्। उनीहरू भग्नावशेषमा फसेका बालबालिका र विद्यालयका कर्मचारीलाई बाहिर निकालेर अस्पताल पुर्‍याउन खटिएका छन्।

पाकिस्तानका प्रधानमन्त्री शहबाज सरिफले दुर्घटनामा भएको मानवीय क्षतिप्रति गहिरो दुःख व्यक्त गरेका छन्। उनले मृतकका परिवारजनप्रति समवेदना प्रकट गर्दै यस कठिन घडीमा धैर्य धारण गर्ने शक्ति मिलोस् भनी कामना गरेका छन्।

प्रधानमन्त्री सरिफले घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै सम्बन्धित अधिकारीहरूलाई उनीहरूका लागि उत्कृष्ट उपचार व्यवस्था मिलाउन र उद्धार कार्य तीव्र पार्न निर्देशन दिएका छन्।

खैबर पख्तूनख्वाका गभर्नर फैसल करिम कुन्डीले पनि दुर्घटनाप्रति दुःख व्यक्त गर्दै मृत बालबालिकाका परिवारजनप्रति समवेदना प्रकट गरेका छन्। उनले घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै सम्बन्धित अधिकारीहरूलाई प्रभावकारी उपचार सेवा उपलब्ध गराउन निर्देशन दिएका छन्।

गभर्नर कुन्डीले विद्यालयको छाना खस्नुको कारण पत्ता लगाउन सम्बन्धित अधिकारीहरूसँग घटनाको विस्तृत प्रतिवेदनसमेत माग गरेका छन्।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार
ताजा समाचार
  • Site BY Sobij