२०८३, कार्तिक १० गते

सोमवार, कार्तिक १० गते २०८३

प्रधानमन्त्री बालेन शाहले गर्ने एनपीएलको उद्घाटन

सोमवार, कार्तिक १० २०८३११:१३

आजदेखि सुरु हुने नेपाल प्रिमियर लिग (एनपीएल) को उद्घाटन प्रधानमन्त्री बालेन शाहले गर्ने भएका छन्।

कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा आज साँझ ५ बजेदेखि एनपीएलका खेल सुरु हुँदैछन्। प्रधानमन्त्री शाहले आजै नेपाली क्रिकेटलाई शुभकामना दिएका थिए।

करिब एक महिनासम्म सञ्चालन हुने प्रतियोगितालाई थप प्रतिस्पर्धात्मक र स्तरीय बनाउन आयोजक नेपाल क्रिकेट संघ (क्यान)ले विभिन्न परिवर्तन गरेको छ।

यस संस्करणमा पहिलो पटक निर्णय पुनरावलोकन प्रणाली (डीआरएस) लागू गरिएको छ। साथै, विदेशी स्टार खेलाडीहरूको सहभागिताले प्रतियोगितालाई थप आकर्षक बनाउने अपेक्षा गरिएको छ।

प्रतियोगितामा आठ टोली सहभागी छन्। एनपीएलले नेपाली क्रिकेटको विकास, खेलाडीको क्षमता अभिवृद्धि तथा अन्तर्राष्ट्रिय स्तरमा नेपालको क्रिकेट पहिचान विस्तार गर्न योगदान पुर्‍याउने अपेक्षा गरिएको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार
ताजा समाचार
  • Site BY Sobij