२०८३, कार्तिक १० गते

सोमवार, कार्तिक १० गते २०८३

दशैँ बिदापछिको पहिलो कारोबारमै सेयरबजारमा गिरावट

सोमवार, कार्तिक १० २०८३०४:०३

दशैँ बिदापछि खुलेको सेयरबजारको पहिलो कारोबार दिन सोमबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा गिरावट आएको छ। यस दिन नेप्से ४.३४ अंकले घटेर २ हजार ६२९.८२ विन्दुमा झरेको हो।

सोमबार बजारमा ४ अर्ब रुपैयाँको सेयर कारोबार भएको छ। दिनभरिमा करिब १ करोड कित्ता सेयर किनबेच भएका छन्।

यस दिन ९९ कम्पनीको सेयर मूल्य बढ्दा १७१ कम्पनीको घटेको छ भने ६ कम्पनीको मूल्यमा कुनै परिवर्तन भएको छैन। बेनी हाइड्रोपावर प्रोजेक्टको सेयर मूल्य सर्वाधिक १४.९९ प्रतिशतले बढेको छ। अन्य बढ्ने सेयरको मूल्यवृद्धि भने ५.८१ प्रतिशतसम्म सीमित रहेको छ।

त्यस्तै, चिर्ख्वा खोला हाइड्रोपावरको सेयर मूल्य ७.९२ प्रतिशत र महिला लघुवित्तको ७.५७ प्रतिशतले घटेको छ।

कारोबार रकमका आधारमा घलेम्दी हाइड्रोपावर अगाडि रहेको छ। कम्पनीको २३ करोड रुपैयाँको सेयर कारोबार हुँदा शिवम् सिमेन्टको २० करोड रुपैयाँ बराबरको कारोबार भएको छ।

समूहगत रूपमा जलविद्युत्, उत्पादन तथा प्रशोधन, सामूहिक लगानी कोष र व्यापार समूहका परिसूचक बढेका छन्। बाँकी सबै समूहका परिसूचक घटेको नेपाल स्टक एक्सचेन्जले जनाएको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार
ताजा समाचार
  • Site BY Sobij