२०८३, कार्तिक १० गते

सोमवार, कार्तिक १० गते २०८३

बाढी प्रभावितलाई होल्डिङ सेन्टरबाटै नागरिकताको प्रतिलिपि दिइने

सोमवार, कार्तिक १० २०८३११:३०

नुवाकोटमा अस्थायी रूपमा बसोबास गर्दै आएका रसुवाको उत्तरगया गाउँपालिकाका बाढी प्रभावितलाई होल्डिङ सेन्टरबाटै नागरिकताको प्रतिलिपि उपलब्ध गराउने प्रक्रिया सुरु भएको छ।

गत भदौ १० गते भोटेकोशी नदीमा आएको भीषण बाढीबाट प्रभावित नागरिकका महत्त्वपूर्ण कागजात नष्ट भएपछि उनीहरूलाई सहज सेवा उपलब्ध गराउन यस्तो पहल गरिएको हो।

प्रमुख जिल्ला अधिकारी कमलप्रसाद पाण्डेका अनुसार बाढी प्रभावितको राहत, पुनःस्थापना तथा अन्य अत्यावश्यक प्रशासनिक काममा ढिलाइ हुन नदिन अस्थायी बसोबासस्थलमै पुगेर नागरिकताको प्रतिलिपि उपलब्ध गराउने प्रक्रिया अघि बढाइएको हो।

उनका अनुसार नुवाकोटस्थित पिपलटार होल्डिङ सेन्टरमा बसोबास गर्दै आएका उत्तरगया गाउँपालिका–१ का २०२ जना बाढी प्रभावितले नागरिकताको प्रतिलिपिका लागि दिएको आवेदन सङ्कलन गरी आइतबार सदरमुकाम धुन्चे ल्याइएको छ।

सङ्कलित आवेदनको अध्ययन तथा प्रमाणीकरणपछि तयार हुने नागरिकताको प्रतिलिपि होल्डिङ सेन्टरमै पुगेर हस्तान्तरण गरिने प्रजिअ पाण्डेले बताए।

जिल्ला प्रशासन कार्यालय रसुवाको आयोजना र उत्तरगया गाउँपालिकाको विशेष पहलमा सेवा सुरु गरिएको गाउँपालिका अध्यक्ष माधव अर्यालले जानकारी दिए।

अध्यक्ष अर्यालका अनुसार पहिलो चरणमा नागरिकताको प्रतिलिपि वितरणलाई प्राथमिकता दिइएको छ। बाढी प्रभावितलाई आवश्यक पर्ने अन्य प्रशासनिक सेवासमेत क्रमशः उपलब्ध गराउँदै लगिनेछ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार
ताजा समाचार
  • Site BY Sobij