नेपाली बजारमा आज सोमबार सुन–चाँदीको मूल्य बढेको छ। आइतबार तोलामा ११ हजार ७०० रुपैयाँ घटेको सुनको मूल्य सोमबार प्रतितोला ३ हजार रुपैयाँले बढेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला २ लाख ८१ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ। आइतबार सुन प्रतितोला २ लाख ७८ हजार ५०० रुपैयाँमा किनबेच भएको थियो।
त्यस्तै, चाँदीको मूल्य पनि बढेको छ। आइतबार प्रतितोला ३ हजार ९५५ रुपैयाँमा कारोबार भएको चाँदी सोमबार बढेर ३ हजार ९९५ रुपैयाँ पुगेको छ। चाँदीको मूल्य प्रतितोला ५५ रुपैयाँले बढेको हो।
अन्तर्राष्ट्रिय बजारमा पनि सुनको कारोबार भइरहेको छ। उपलब्ध विवरणअनुसार आज सुन प्रतिऔँस ४ हजार १८ अमेरिकी डलरमा कारोबार भइरहेको छ।
प्रतिक्रिया दिनुहोस