२०८३, कार्तिक २० गते

बिहिवार, कार्तिक २० गते २०८३

लायन्स क्लब अफ काठमाडौं निर्वानाद्वारा भिटामिन ‘ए’ कार्यक्रम, पहिलो दिन ३३१ बालबालिका लाभान्वित

बुधवार, कार्तिक १९ २०८३१०:१७

काठमाडौं । लायन्स क्लब अफ काठमाडौं निर्वानाले गोठाटार स्वास्थ्य चौकीसँगको सहकार्यमा दुईदिने भिटामिन ‘ए’ तथा जुकाको औषधि वितरण कार्यक्रम सञ्चालन गरेको छ ।

नेपाल सरकारद्वारा कात्तिक १७ र १८ गते देशव्यापी रूपमा सञ्चालन भइरहेको राष्ट्रिय भिटामिन ‘ए’ तथा जुकाको औषधि वितरण अभियानअन्तर्गत क्लबले जनस्वास्थ्य अभियानमा सहकार्य गरेको हो ।

काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका–९, काँडाघारीस्थित गान्धी अस्पतालमा सञ्चालित कार्यक्रममा पहिलो दिन ३३१ जना बालबालिका लाभान्वित भएका छन् ।

क्लबका अध्यक्ष लायन राजनराज खनालले बालबालिकाको स्वास्थ्य सुरक्षा र स्वस्थ भविष्य निर्माणका लागि यस्ता जनस्वास्थ्य अभियानमा समुदायको सक्रिय सहभागिता आवश्यक रहेको बताए । उनले सरकारी स्वास्थ्य अभियानलाई प्रभावकारी बनाउन क्लबले सहकार्य गरेको जानकारी दिए ।

साथै उनले सबै अभिभावकलाई आफ्ना बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउन नजिकैको स्वास्थ्य केन्द्रमा लैजान आग्रह गरेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार
ताजा समाचार
  • Site BY Sobij