नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो सिजनअन्तर्गत लुम्बिनी लायन्सविरुद्ध १५० रनको लक्ष्य पछ्याएको जनकपुर बोल्ट्सले मध्यम सुरुआत गरेको छ।
बिहीबार कात्तिक १९ गते कीर्तिपुरस्थित त्रिवि क्रिकेट रंगशालामा जारी खेलमा जनकपुरले पहिलो ६ ओभरमा एक विकेट गुमाउँदै ४० रन जोडेको छ।
हाल क्रिजमा रहेका सैफ हसन २० र ओपनर तृतराज दास १७ रनमा खेलिरहेका छन्। जनकपुरका पार्भेज हुसेन इमोन १ रन बनाएर आउट भएका छन्।
लुम्बिनीका रुबेन ट्रम्पेलमनले एक विकेट लिएका छन्।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको लुम्बिनी लायन्सले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १४९ रन बनाएको थियो। जनकपुरले जितका लागि १५० रनको लक्ष्य पछ्याइरहेको छ।
प्रतिक्रिया दिनुहोस