२०८३, कार्तिक २० गते

बिहिवार, कार्तिक २० गते २०८३

होर्मुज जलमार्गमा दुई तेल ट्यांकर र टगबोटमा आगलागी, दुई अमेरिकी ड्रोन नियन्त्रणमा लिएको इरानको दाबी

बिहिवार, कार्तिक २० २०८३०३:१०

इरानले होर्मुज जलमार्गमा अनधिकृत मार्गबाट अघि बढेका दुई तेल ट्यांकर र एउटा टगबोट समुद्री बारुदी सुरुङमा ठोक्किएर आगलागी भएको दाबी गरेको छ।

इरानको समाचार एजेन्सी फार्सले इस्लामिक रिभोल्युसनरी गार्ड कर्प्स (आईआरजीसी) लाई उद्धृत गर्दै उक्त जानकारी सार्वजनिक गरेको हो।

आईआरजीसीका अनुसार बुधबार राति होर्मुजको दक्षिणी मार्गबाट गुज्रने क्रममा एउटा ठूलो तेल ट्यांकर समुद्री बारुदी सुरुङमा ठोक्किएर आगलागी भएको थियो। त्यस्तै, अर्को सुपरट्यांकर जलमार्गको पूर्वी भागबाट बाहिरिने क्रममा आगलागीको चपेटामा परेको थियो। आगो निभाउन पुगेको टगबोटमा समेत आगलागी भएको इरानको दाबी छ।

अमेरिकाले जहाजहरूलाई बारुदी सुरुङ बिछ्याइएको मार्गबाट गुज्रन दबाब दिएका कारण क्षेत्रीय सहयोगी र अमेरिकी करदाताले ठूलो आर्थिक क्षति बेहोर्नुपरेको तथा बिमा खर्चसमेत बढेको आईआरजीसीले जनाएको छ।

यसैबीच, इरानी नौसैनिक इलेक्ट्रोनिक युद्ध एकाइले आफ्नो हवाई क्षेत्रमा प्रवेश गरेका दुई अमेरिकी ‘लुकास’ ड्रोन नियन्त्रणमा लिएको दाबी गरेको छ।

यसअघि बुधबार नै आईआरजीसीले होर्मुज जलमार्गस्थित केशम द्वीपमाथि अमेरिकी एमक्यू–१ ड्रोन खसालेको जनाएको थियो। इरानका अनुसार उक्त ड्रोन उसको वायु रक्षा प्रणालीबाट खसालिएको १५औँ अमेरिकी ड्रोन हो।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार
ताजा समाचार
  • Site BY Sobij