उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दीपककुमार साह र नेपालका लागि अस्ट्रेलियाका राजदूत सिमोन अर्नस्टबीच शिष्टाचार भेटवार्ता भएको छ।
मन्त्री साहसँग आज भएको भेटमा नेपाल–अस्ट्रेलियाबीचको द्विपक्षीय सम्बन्ध, व्यापार तथा आर्थिक सहकार्य, लगानी प्रवर्द्धन र आपसी सहयोगका विविध विषयमा छलफल भएको मन्त्रीको सचिवालयले जनाएको छ।
भेटका क्रममा मन्त्री साहले भोटेकोशी तथा बूढीगण्डकी क्षेत्रमा आएको बाढीपछि खोज, उद्धार र राहतका लागि नेपाललाई अस्ट्रेलिया सरकारले उपलब्ध गराएको मानवीय सहयोग, सद्भाव र समर्थनप्रति धन्यवाद व्यक्त गरेका थिए।
दुवै पक्षले नेपाल र अस्ट्रेलियाबीचको मैत्रीपूर्ण सम्बन्धलाई थप प्रगाढ बनाउँदै आर्थिक तथा व्यापारिक सहकार्यका नयाँ सम्भावनालाई अघि बढाउने विषयमा पनि छलफल गरेको जनाइएको छ।
प्रतिक्रिया दिनुहोस