२०८३, कार्तिक २८ गते

शुक्रवार, कार्तिक २८ गते २०८३

देउवा पक्षले ४३ जिल्लामा कांग्रेसको जिल्ला अधिवेशन सम्पन्न गर्‍यो

शुक्रवार, कार्तिक २८ २०८३१२:३२

नेपाली कांग्रेसको देउवा पक्षले हालसम्म ४३ जिल्लामा जिल्ला अधिवेशन सम्पन्न गरेको छ । थप ६ जिल्लामा अधिवेशन प्रक्रिया अघि बढेको छ ।

केन्द्रीय निर्वाचन समिति संयोजक एवं वरिष्ठ अधिवक्ता एगराज पोखरेलका अनुसार हालसम्म ४३ जिल्लामा अधिवेशन सम्पन्न भइसकेको छ भने ६ जिल्लामा अधिवेशन उद्घाटन गरी प्रक्रिया अघि बढाइएको छ ।

उनका अनुसार १३४ वटा निर्वाचन क्षेत्रमा समेत अधिवेशन सम्पन्न भइसकेको छ ।

मंसिर ४ गतेका लागि तय गरिएको प्रदेश अधिवेशनको मिति भने केही दिन पर सर्ने भएको छ । मंसिर ४ गते हरिबोधिनी एकादशी परेकाले प्रदेशहरूले आफ्नो अनुकूलता हेरेर अधिवेशन गर्ने जानकारी गराएको पोखरेलले बताए ।

यसैबीच, देउवा पक्षले कांग्रेसको १५औँ महाधिवेशन मंसिर २१ देखि २३ गतेसम्म काठमाडौंको खुलामञ्चमा गर्ने घोषणा गरेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार
ताजा समाचार
  • Site BY Sobij