२०८३, कार्तिक २८ गते

शुक्रवार, कार्तिक २८ गते २०८३

रुखबाट लडेर सङ्खुवासभामा ६० वर्षीय पुरुषको मृत्यु

शुक्रवार, कार्तिक २८ २०८३०४:३६

सङ्खुवासभाको सभापोखरी गाउँपालिका–२, देउराली हुत्तिखिममा रुखबाट लडेर एक जनाको मृत्यु भएको छ।

शुक्रबार दिउँसो चिउरीको रुखमा चढेर घाँस काट्ने क्रममा लड्दा स्थानीय ६० वर्षीय लेकबहादुर लिम्बूको घटनास्थलमै मृत्यु भएको प्रहरी निरीक्षक धिरज राईले जानकारी दिए।

घटनापछि आफन्तले प्रहरीलाई खबर गरेका थिए। लिम्बूको शव पोस्टमार्टमका लागि जिल्ला अस्पताल सङ्खुवासभा ल्याइएको छ।

प्रहरीले घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार
ताजा समाचार
  • Site BY Sobij