२०८३, मंसिर ८ गते

सोमवार, मंसिर ८ गते २०८३

रिजन ढकाल बने एनपीएल–३ का सर्वोत्कृष्ट बलर, जिते कार र मोटरसाइकल

आइतवार, मंसिर ७ २०८३०७:०२

चितवन राइनोजका बलर रिजन ढकाल नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणका सर्वोत्कृष्ट बलर घोषित भएका छन्। शनिबार (मंसिर ५) उनलाई प्रतियोगिताकै उत्कृष्ट बलर चुनिएको हो।

रिजनले यस सिजनको ‘ओमोडा इलेक्ट्रिफाई प्लेयर अफ द टुर्नामेन्ट’ अवार्डसमेत जितेका छन्। पुरस्कारस्वरूप उनले ओमोडाको जेईको जे फाइभ प्रो कार र पल्सर मोटरसाइकल प्राप्त गरेका छन्।

रिजन यस संस्करणमा सर्वाधिक विकेट लिने बलर हुन्। उनले प्रतियोगिताका आठ खेलमा कुल १७ विकेट लिँदै उत्कृष्ट प्रदर्शन गरे। यस क्रममा २७ ओभर बलिङ गरेका उनले ९.८८ को इकोनोमी रेट कायम गरेका थिए।

एनपीएलको पहिलो संस्करणदेखि नै चितवन राइनोजबाट खेल्दै आएका रिजनले यसपटक पनि आफ्नो बलिङ कौशल प्रमाणित गरेका छन्।

यद्यपि, उनको टोली चितवन राइनोज भने उपाधि यात्रामा अघि बढ्न सकेन। क्वालिफायर–२ मा सुदूरपश्चिम रोयल्ससँग तीन विकेटले पराजित भएपछि चितवनको फाइनल पुग्ने सम्भावना समाप्त भएको थियो।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार
ताजा समाचार
  • Site BY Sobij