२०८३, मंसिर ९ गते

मंगलवार, मंसिर ९ गते २०८३

कांग्रेस देउवा पक्षको महाधिवेशन तयारी समितिको बैठक मंसिर ९ गते बस्ने

आइतवार, मंसिर ७ २०८३०४:२१

नेपाली कांग्रेसको शेरबहादुर देउवा पक्षले १५औँ केन्द्रीय महाधिवेशनको तयारीलाई तीव्रता दिँदै आगामी मंसिर ९ गते बैठक बोलाएको छ।

महाधिवेशन तयारी समितिको बैठक बुधबार बिहान ११ बजे चुनदेवीस्थित सम्पर्क कार्यालयमा बस्ने तय भएको हो।

सचिवालय समन्वय समितिका संयोजक दीपकप्रसाद कुइँकेलले विज्ञप्ति जारी गर्दै बैठकको मिति, समय र स्थानबारे जानकारी दिएका हुन्।

विज्ञप्तिमार्फत पार्टीका केन्द्रीय पदाधिकारी, केन्द्रीय सदस्य तथा महाधिवेशन तयारी समितिमा आबद्ध सम्पूर्ण सदस्यलाई बैठकमा अनिवार्य उपस्थित हुन आग्रह गरिएको छ।

देउवा पक्षले आगामी मंसिर २१ देखि २३ गतेसम्म १५औँ केन्द्रीय महाधिवेशन आयोजना गर्ने तयारी गरिरहेको छ। सोही महाधिवेशनको तयारीका बीच समितिको बैठक बोलाइएको हो।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार
ताजा समाचार
  • Site BY Sobij