२०८३, मंसिर ६ गते

शनिवार, मंसिर ६ गते २०८३

एसिया कप राइजिङ स्टार्समा नेपालले आज भारत ‘ए’सँग प्रतिस्पर्धा गर्दै

शुक्रवार, मंसिर ५ २०८३०९:१३

काठमाडौँ । नेपालले आज (मङ्सिर ४) एसीसी एसिया कप राइजिङ स्टार्स क्रिकेट प्रतियोगितामा भारत ‘ए’सँग प्रतिस्पर्धा गर्दैछ । समूह ‘बी’ अन्तर्गत नेपालले पहिलो खेलमा भारत ‘ए’को सामना गर्न लागेको हो ।

समूह ‘बी’मा नेपालसहित भारत ‘ए’, पाकिस्तान ‘ए’ र संयुक्त अरब इमिरेट्स (यूएई) रहेका छन् । प्रतियोगिता एकदिवसीय प्रारूपमा सञ्चालन हुनेछ ।

नेपालले भारत ‘ए’सँगको खेलपछि नोभेम्बर २२ मा यूएईसँग प्रतिस्पर्धा गर्नेछ । त्यस्तै, समूह चरणको अन्तिम खेलमा नेपालले नोभेम्बर २४ मा पाकिस्तान ‘ए’सँग खेल्ने तालिका छ ।

कतारको दोहास्थित वेस्ट इन्ड पार्क अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुने नेपाल र भारत ‘ए’बीचको खेल नेपाली समयअनुसार दिउँसो ३ः४५ बजे सुरु हुनेछ ।

नेपालले दोस्रोपटक भारत ‘ए’सँग प्रतिस्पर्धा गर्न लागेको हो । एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा भने नेपाल पहिलोपटक भारत ‘ए’सँग भिड्न लागेको हो । यसअघि नेपालले सन् २०२३ जुलाई १७ मा एसीसी मेन्स इमर्जिङ टिम्स एसिया कपमा भारत ‘ए’सँग खेलेको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार
ताजा समाचार
  • Site BY Sobij