२०८३, श्रावण १८ गते

सोमवार, श्रावण १८ गते २०८३

दुवईमा मोडल सङ्गस अवार्ड भव्य रुपमा सम्पन्न

बुधवार, आश्विन १० २०७५०७:५७

युएईको दुबईमा मोडल सङ्गस अवार्ड सम्पन्न भएको छ । नेपालका चर्चित कलाकारहरुको प्रस्तुतिसहित वर्ड दुबईको मोन्ट क्लवमा अवार्ड सम्पन्न भएको हो । ‘नेपाली कला, संस्कृति, सष्ट्रा तथा सर्जकको सम्मानमा समर्पित अन्तर्राष्ट्रिय अवार्ड’ भनिएको यो अवार्डमा राष्ट्रिय, चलचित्र, आधुनिक, भजन, लोकदोहोरी, पप, तीज गीत, फेशनलगायतका विभिन्न २८ विधामा अवार्ड प्रदान गरिएको थियो ।

नेपालमा सफल सौन्दर्य प्रतियोगिता तथा विभिन्न फेशन शोहरु आयोजना गरेर चर्चा कमाएको मोडल सङ्गस नेपालले आयोजना गरेको अवार्ड कार्यक्रमा दुवईमा रहेका विभिन्न प्रतिष्ठित व्यक्तित्वहरुको आतिथ्य एवम् सहभागितामा रहेको थियो ।

एनआरएन दुवईका अध्यक्ष रमेश श्रेष्ठको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज (इनास) युएईका अध्यक्ष रेखा घिमिरे, नेपाली एशोसिएसनका अध्यक्ष डा. दिनेश आचार्य विशेष अथितिहरु   राम तामाङ,  डा. दिनेश आचार्य , गोपाल कडेल, मनोज श्रेष्ठ , सालिक सुवेदी, संजय पाण्डे, सुमन उदय, गोपी कृष्ण पंगेनी, तृलोचन कोइराला, आकाश खतिवडा, लक्ष्मन खनाल, मनु छेत्री, रमेश क्षितिज, समिम खान, जे सागर, दिपक पौडेल, आशिष पुरुश, अनुराग परियार, लक्ष्मन देयाली, राम तामाङ, एम डि बोहरा, सारिका सुनार, कुशल बुचा, भिम घिसिङ, दुर्गा बहादुर सुनुवार, दिब्या सुब्बा, सागर छेत्री, केबिन जङ थकुरी, सन्ध्या सुस्केरा, घनश्याम तिमिल्सिना , पृन्स गेलाल, ओमकार उप्रेती, लगायत  युएईमा क्रियाशील सामाजिक संस्थाका अध्यक्ष तथा प्रतिनिधिहरु लगायतका  रहेका थिए ।

‘नेपालबाट तीन दर्जनभन्दा बढी कलाकार सहभागीतामा हामीले दुवईमा मोडल सङ्गस अवार्ड भव्य रुपमा सम्पन्न गरेका छौं,’ मोडल सङ्गस नेपालका लागि आयोजक डेभिल सिंह राजपुतले भने ।

अवार्डको एसोसियट्समा पेजेन्ट नेपाल रहेको थियो । ‘नेपाली कला संस्कृतिलाई अन्तर्राष्ट्रियस्तरमा पुर्याउनका लागि हामीले दुवईमा यो अवार्ड गरेका हौं’, पेजेन्ट नेपालका सिइओ  तथा फेशन डिजाईनर ममथा बस्नेतले भने । दुवईमा भएका नेपाली कार्यक्रम मध्ये अहिलेसम्मकै उत्कृष्ट कार्यक्रम भएको अतिथिहरुले बताए ।

अवार्ड समारोहमा वेष्ट कमोपजमा रेखा पौडेल चलचित्र हमेशा हमेशाबाट, निर्देशकमा माधब खरेल चलचित्र बिरानो मायाबाट, नायकमा श्रीदेब भट्टराई चलचित्र बिरानो मायाबाट, आधुनिक गीतमा सिताराम पोखरेल साथ रहेछ तिम्रो मायामाबाट, राष्ट्रिय गीतमा सपन श्रेठ, तीज गीत शब्दमा गीता अधिकारी, तीज गीत स्वरमा नितु कोइराला, जुरी अवार्ड मोडलमा सुष्मा अधिकारी, अशोक तामाङ शब्द आधुनिक गीत, इन्दिरा भट्टराई गायिका, सुनिता श्रेष्ठ गायिका भजन, विनोद राज ढुङ्गेल गायक गजल, बाबु बोगटी बेष्ट म्युजिक कमपोज, नन्दा बस्याल म्युजिक भिडियो निर्देशन लोकदोहोरीलाई अवार्ड प्रदान गरिएको थियो ।

त्यस्तै शान्ता तामाङ बेष्ट मोडल आधुनिक गीत, मेनुका बोगटी बेष्ट मोडल फिटनेश, आशा थापा बेष्ट डान्स मोडल, प्रज्ञा ढुङ्गेल, बेष्ट मोडल फेशनेवल, अनु श्रेष्ठ, तिर्सना गुरुङ बेष्ट फेशन डिजाइनर, तिलबहादुर कार्की सोसियल अवार्ड, शुशिला थापा बेष्ट विजनेश अवार्ड महिला, अमिर न्यौपाने वेष्ट विजनेश अवार्ड पुरुष, शरिता श्रेष्ठ बेष्ट कराते प्लेयर खेलकुद, वर्षा कार्की बेष्ट इभेन्ट डाइरेक्टर डेव्यू, विकाश बश्याल बेष्ट मुभि डाइरेक्ट डेब्यु, शावित्री जोशी बेष्ट प्लेब्याक सिंगरलगायत २८ विधामा विभिन्न स्रष्टा सर्जकहरुलाई अवार्ड प्रदान गरिएको थियो ।

मोडल सङ्गस अवार्ड समारोहमा यूएईमा क्रियाशील सामाजिक व्यक्तित्वहरुको बाक्लो उपस्थिति रहेको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार
ताजा समाचार
  • Site BY Sobij