अविरल वर्षाका कारण पहिरो खस्दा रोल्पाको थबाङ गाउँपालिका- ५ बोटलबारामा दुई जनाको मृत्यु भएको छ भने दुई जना गम्भीर घाइते भएका छन् ।
बुधबार राति करिब पौने ९ बजे स्थानीय कमलबहादुर पुन मगरको घरलगायत करिब ६ वटा घर तथा गोठमा पहिरो खसेर पुरिएको प्रहरीले जनाएको छ ।
पहिरोमा परी थबाङ गाउँपालिका- ५ बोटलबारा निवासी १८ वर्षीया शान्ती पुन मगर र करिब ६० वर्षीय कमलबहादुर पुन मगरको मृत्यु भएको इलाका प्रहरी कार्यालय उवाले जनाएको छ ।
त्यस्तै, पहिरोमा परी २२ वर्षीय हिमाल पुन मगर र २५ वर्षीय सञ्जय घर्ती मगर गम्भीर घाइते भएका छन् ।