२०८३, श्रावण ३१ गते

आइतवार, श्रावण ३१ गते २०८३

नेपाली कांग्रेसका पूर्वसभापति देउवा स्वदेश फर्किए

बिहिवार, श्रावण २८ २०८३०१:१६

नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा स्वदेश फर्किएका छन्।  उनी छ महिनामा स्वदेश फर्किएका हुन्। देउवा मध्यान्ह साढे १२ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरे।  कांग्रेसको संस्थापन इतर समूहले पूर्वसभापति देउवालाई विमानस्थलमा बाजागाजा र सांस्कृतिक झाँकीसहित स्वागत गरेका छन्।

 कांग्रेसको संस्थापन इतर समूहका नेताहरूले विमानस्थल प्रवेश गर्ने गोल्डेन गेटको अगाडिको खाली ठाउँ, नमस्ते गेटको अगाडिको खाली ठाउँ र तिलगंगा आँखा अस्पताल अगाडिको खाली ठाउँमा कार्यकर्ता भेला भएका छन्।  स्वदेश फर्किएपछि देउवा शुक्रबार सुकेधारास्थित मिराकल पार्टी प्यालेसमा आयोजना हुने इतर समूहको राष्ट्रिय भेलामा सहभागी हुने छन्।

 जेनजी आन्दोलनका क्रममा भएको सांघातिक आक्रमणमा परी घाइते भएका पूर्वसभापति देउवा फागुन १३ गते राति सिंगापुर एयरलाइन्सको उडानबाट सिंगापुर गएका थिए।

उनी थप उपचारका लागि भन्दै सिंगापुरबाट हङकङ पुगेका थिए।  देउवाको स्वागतका लागि राष्ट्रिय भेला आयोजक समितिका संयोजक डा. शशांक कोइरालाको नेतृत्वमा शीर्ष नेताहरू विमानस्थल पुगेका छन्।  

देउवा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिएपछि नेता–कार्यकर्ताले सांस्कृतिक बाजागाजासहितको झाँकीले स्कर्टिङ गरेर लैजाने तयारी छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार
Site BY Sobij