२०८३, भाद्र १० गते

बुधवार, भाद्र १० गते २०८३

आमाको पर्खाइमा छोरा छोरी : ६९ वर्षीया सुशीला ढुंगाना कहाँ हराइन् ? सक्दो शेयर गरि खोजविनका लागि सहयोग गरौं

आमाको खोजीमा छोराछोरीको मार्मिक अपिल

आइतवार, भाद्र ७ २०८३१०:३८

काठमाडौं । उमेरले ६९ वर्ष। घरमा दुई छोरा र दुई छोरी। सन्तानका लागि आमा केवल एउटा सम्बन्ध होइन, जीवनभरको भरोसा र सहारा हुन्। तर त्यही आमा भदौ २ गतेदेखि अचानक सम्पर्कविहीन भएपछि ढुंगाना परिवार यतिबेला गहिरो पीडा र चिन्तामा छ।

बुढानीलकण्ठ नगरपालिका–१० कपनस्थित सिद्धेश्वर मन्दिरबाट सम्पर्कविहीन भएकी सुशीला ढुंगाना कहाँ हुनुहुन्छ भन्ने प्रश्नले उनका छोराछोरी र आफन्तलाई दिनरात सताइरहेको छ। प्रहरी प्रशासन तथा विभिन्न माध्यमबाट निरन्तर खोजी भइरहेको भए पनि हालसम्म उहाँको अवस्था पत्ता लाग्न सकेको छैन।

 ढुंगाना अन्तिमपटक सिद्धेश्वर मन्दिर, कपनमा देखिनुभएको थियो। उहाँले पहेँलो धोती लगाउनुभएको थियो।

आमाको खोजीमा परिवारले सम्भावित सबै ठाउँमा प्रयास गरिरहेको छ। तर दिन बित्दै जाँदा छोराछोरीको चिन्ता झन् बढ्दै गएको छ। आमा कहाँ हुनुहुन्छ? कस्तो अवस्थामा हुनुहुन्छ? सुरक्षित हुनुहुन्छ कि छैन? यिनै प्रश्नको उत्तर खोज्दै परिवार हरेक क्षण प्रतीक्षामा छ।

परिवारले यो केवल एउटा परिवारको पीडा नभई मानवीय संवेदनासँग जोडिएको विषय भएकाले सबै नेपालीलाई खोजी अभियानमा साथ दिन आग्रह गरेको छ।

“आमा जहाँ हुनुहुन्छ, जसरी हुनुहुन्छ—कृपया उहाँलाई सुरक्षित रूपमा परिवारसम्म फर्काउन सहयोग गरिदिनुहोस्,” परिवारको मार्मिक अपिल छ।

सुशीला ढुंगानालाई कसैले देख्नुभएको छ वा उहाँबारे कुनै जानकारी प्राप्त गर्नुभएको छ भने कृपया ढिला नगरी नजिकैको प्रहरी कार्यालय वा तल उल्लेखित नम्बरमा सम्पर्क गरिदिन परिवारले अनुरोध गरेको छ।

सुशीला ढुंगानाको विवरण

  • नाम: सुशीला ढुंगाना
  • उमेर: ६९ वर्ष
  • सम्पर्कविहीन: २०८३ भदौ २ गतेदेखि
  • अन्तिम पटक देखिएको स्थान: सिद्धेश्वर मन्दिर, कपन, बुढानीलकण्ठ–१०
  • पहिरन: पहेँलो धोती
  • सम्पर्क: ९८४९१५०९०२ / ९८५११४९६०५

एउटा फोन, एउटा सूचना वा एउटा शेयरले पनि सुशीला आमालाई परिवारसम्म फर्काउने बाटो खोल्न सक्छ। आमा खोजिरहेकी सन्तानको यो पीडामा हामी सबै एकपटक साथ दिऔँ।

सूचना शेयर गरौँ, खोजीमा सहयोग गरौँ र एक आमालाई सुरक्षित रूपमा घर फर्काउन हातेमालो गरौँ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार
ताजा समाचार
  • Site BY Sobij