२०८३, भाद्र ५ गते

शुक्रवार, भाद्र ५ गते २०८३

‘मिस तथा मिसेस ब्युटिफुल नेपाल’को ट्यालेन्ट राउन्ड सम्पन्न, भदौ ६ मा ग्रान्ड फिनाले

सोमवार, भाद्र १ २०८३०६:३९

काठमाडौं — सौन्दर्य, व्यक्तित्व, आत्मविश्वास र प्रतिभा प्रस्फुटनको प्रतिष्ठित मञ्च ‘मिस ब्युटिफुल नेपाल’को ११औं तथा ‘मिसेस ब्युटिफुल नेपाल’को १०औं संस्करण अन्तर्गतको ‘ट्यालेन्ट राउन्ड’ आइतबार राजधानीमा सम्पन्न भएको छ। दक्ष इन्टरनेसनल प्रालिको आयोजनामा सञ्चालित यस प्रतियोगिताको ग्रान्ड फिनाले आगामी भदौ ६ गते राष्ट्रिय नाचघर, जमलमा भव्य समारोहका बीच आयोजना हुँदैछ।

ट्यालेन्ट राउन्डमा प्रतियोगीहरूले आ-आफ्नो रुचि र विधाअनुसार नृत्य, गायन, अभिनय, वक्तृत्वकला लगायतका विविध सिर्जनात्मक प्रस्तुतिमार्फत निर्णायक मण्डललाई प्रभावित पारेका थिए।

निर्णायक मण्डल प्रतियोगीहरूको प्रतिभा मूल्याङ्कनका लागि विभिन्न क्षेत्रका प्रतिष्ठित व्यक्तित्वहरू निर्णायकको भूमिकामा रहनुभएको थियो:

  • शीतल के.सी. — अभिनेता तथा चलचित्रकर्मी

  • रेशम सापकोटा — वरिष्ठ गायक, सर्जक तथा भजन सम्राट

  • नरहरि प्रेमी — चर्चित गायक

  • कल्पना शर्मा — सञ्चारकर्मी

  • चन्दा पुन — वरिष्ठ सौन्दर्यविद् (ब्युटिसियन)

  • डिना गुरुङ — फेसन डिजाइनर

  • माया गुरुङ — ‘मिसेस गुरुङ २०२५’ विजेता

प्रतियोगीहरू यस वर्ष मिस तथा मिसेसतर्फ उपाधिका लागि मन्दिरा आचार्य, सृजना घिमिरे, समीक्षा शर्मा, रिता कटुवाल, गीता बुढाथोकी, रिता तामाङ, रेखा श्रेष्ठ, निशा राजभण्डारी, सञ्जिना चौधरी, तारा कुमारी दुलाल र सुनिता श्रेष्ठ आचार्य प्रतिस्पर्धामा रहनुभएको छ।

आयोजक संस्था दक्ष इन्टरनेसनलका अध्यक्ष टेकराज पाण्डेका अनुसार प्रतियोगिता केवल बाह्य सौन्दर्यमा मात्र सीमित नरही महिलाहरूको बौद्धिक विकास, नेतृत्व क्षमता, व्यक्तित्व र सामाजिक उत्तरदायित्वलाई उजागर गर्न केन्द्रित छ। प्रतियोगीहरूलाई मञ्चमा आफ्नो प्रतिभा आत्मविश्वासका साथ प्रस्तुत गर्न र समाजमा सकारात्मक भूमिका निर्वाह गर्न सक्षम बनाउने उद्देश्यले विशेष ग्रुमिङ र प्रशिक्षण प्रदान भइरहेको छ।

हाल प्रतियोगीहरू र्‍याम्प वाक, स्टेज प्रेजेन्स, वाककला, प्रश्नोत्तर र व्यक्तित्व विकाससम्बन्धी अन्तिम चरणको प्रशिक्षणमा व्यस्त छन्। प्रतियोगिताको कोरियोग्राफी कोरियोग्राफर अश्विनीकान्त झाले सम्हाल्नुभएको छ भने कार्यक्रम व्यवस्थापन गीता उप्रेतीले गरिरहनुभएको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार
ताजा समाचार
  • Site BY Sobij