२०८३, आश्विन २५ गते

आइतवार, आश्विन २५ गते २०८३

कांग्रेसको नयाँ नेतृत्व चयनका लागि मतदान जारी, सभापतिमा गगन र श्यामकृष्णबीच प्रतिस्पर्धा

शुक्रवार, आश्विन २३ २०८३१२:३६

काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ केन्द्रीय कार्यसमिति चयनका लागि मतदान जारी छ। पार्टीको नयाँ सभापति चयन गर्न गगन थापा र श्यामकृष्ण खड्गीबीच प्रतिस्पर्धा हुँदैछ।

मतदानको सुरुवात कास्की क्षेत्र नम्बर २ का ८१ वर्षीय महाधिवेशन प्रतिनिधि शोभाचन्द्र बरालले गरेका थिए।

यसअघि बिहीबारका लागि तय गरिएको मतदान मतपत्र छपाइमा भएको ढिलाइ र आवश्यक प्राविधिक तयारी पूरा नहुँदा रोकिएको थियो। तयारी पूरा भएपछि आज मतदान प्रक्रिया अघि बढाइएको निर्वाचन समितिका संयोजक तथा वरिष्ठ अधिवक्ता प्रेमबहादुर खड्काले जानकारी दिए।

नयाँ नेतृत्व चयनका लागि महाधिवेशनमा सहभागी ७ हजार २५५ जना प्रतिनिधिले मतदान गर्नेछन्। मतदानबाट पार्टीको नयाँ सभापतिसहित केन्द्रीय कार्यसमिति चयन हुनेछ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार
ताजा समाचार
  • Site BY Sobij