काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको रोशी गाउँपालिका–९, पिन्थलीमा लेदोसहितको पहिरो खसेर अवरुद्ध भएको बीपी राजमार्ग पुनः सञ्चालनमा आएको छ।
रातिदेखि अवरुद्ध सडकमा पहिरो र लेदो हटाएपछि दुईतर्फी यातायात सञ्चालनमा आएको हो।
जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकले राजमार्ग भएर यात्रा गर्ने यात्रु तथा सवारीचालकलाई सतर्कता अपनाउन आग्रह गरेको छ।
कार्यालयले यात्रा गर्नुअघि स्थानीय प्रहरी, प्रहरीको आपत्कालीन नम्बर १०० वा जिल्ला आपत्कालीन सञ्चालन केन्द्रको १२३४ नम्बरमा सम्पर्क गरी सडकको अवस्था बुझेर मात्र यात्रा गर्न अनुरोध गरेको छ।
वर्षाका कारण पहिरो तथा लेदो खस्ने जोखिम कायमै रहन सक्ने भएकाले यात्राका क्रममा सावधानी अपनाउन प्रशासनले आग्रह गरेको छ।
प्रतिक्रिया दिनुहोस