२०८३, आश्विन २४ गते

शनिवार, आश्विन २४ गते २०८३

महँगीले जनताको जनजीवन अस्तव्यस्त बनायो, खाद्यवस्तुको मूल्य २०० प्रतिशत बढेको महेश बस्नेतको दाबी

शनिवार, आश्विन २४ २०८३०५:०४

काठमाडौँ । नेकपा (एमाले) का नेता महेश बस्नेतले बढ्दो महँगीका कारण जनताको दैनिक जनजीवन अस्तव्यस्त बनेको बताएका छन्। खाद्य सामग्रीको मूल्य २०० प्रतिशतभन्दा बढी बढेको दाबी गर्दै उनले सरकारको कार्यशैलीप्रति असन्तुष्टि जनाएका हुन्।

नेकपा (एमाले) बागमती प्रदेश कमिटीले आयोजना गरेको कार्यक्रममा बोल्दै बस्नेतले दसैँ, तिहार र छठजस्ता प्रमुख चाडपर्व नजिकिँदै गर्दा महँगीले सर्वसाधारणमाथि थप आर्थिक भार पारेको बताए।

उनका अनुसार अघिल्लो वर्ष सहज रूपमा चाडपर्व मनाएका नागरिक यस वर्ष बढ्दो मूल्यवृद्धिका कारण पर्व मनाउनसमेत कठिन अवस्थामा पुगेका छन्। ग्यासको अभावका कारण उपभोक्ता अझै पनि लामो समयसम्म लाइन बस्नुपर्ने बाध्यता रहेको उनले बताए।

‘जनताले विकास, समृद्धि र सुखका कुराहरू बिर्सिसकेका छन्। आज जनता यति धेरै आतङ्कित छन् कि अब आतङ्कमुक्त वातावरण र शान्ति–सुरक्षा चाहियो भनिरहेका छन्,’ बस्नेतले भने।

दसैँ, तिहार, छठ र ल्होसारजस्ता पर्व नजिकिँदै गर्दा महँगीले जनताको टाउकोमा ठूलो भार थपेको उल्लेख गर्दै उनले यस वर्ष अघिल्लो वर्षजस्तो सहज रूपमा चाडपर्व मनाउने अवस्था नरहेको बताए।

बस्नेतले सरकारको कार्यशैलीका कारण जनता आतङ्कित बनेको आरोप लगाउँदै शान्ति–सुरक्षा, विकास र समृद्धिका विषय ओझेलमा परेको दाबीसमेत गरे।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार
ताजा समाचार
  • Site BY Sobij