२०८३, कार्तिक २ गते

आइतवार, कार्तिक २ गते २०८३

नेपाली चाडपर्वको मौलिकता समेटदै चेतन राईको ‘दसैँ तिहार’ गीत सार्वजनिक

आइतवार, कार्तिक २ २०८३०७:११

काठमाडौँ । नेपालीहरूको महान् पर्व बडादसैँ तथा तिहारको सांस्कृतिक महत्त्व र मौलिकतालाई समेटेर गायक चेतन राईको नयाँ गीत ‘दसैँ तिहार’ सार्वजनिक भएको छ। गीतसँगै यसको म्युजिक भिडियो पनि सार्वजनिक गरिएको हो।

चेतन राईको शब्द, संगीत र स्वर रहेको गीतमा नेपाली चाडपर्वको उल्लास, पारिवारिक आत्मीयता, आपसी सद्भाव र सांस्कृतिक परम्परालाई प्रस्तुत गरिएको छ। दसैँ तथा तिहारजस्ता पर्वले नेपाली समाजमा पारिवारिक मिलन, भाइचारा र सामाजिक एकताको भावना बलियो बनाउने सन्देश गीतले बोकेको छ।

गीतको संगीत संयोजन साबिर कार्कीले गरेका छन्। गीतको मिक्सिङ तथा मास्टरिङ सुरज गोपालीले गरेका छन्। गीतमा बास गिटारमा विकास सुनार, बाँसुरीमा रत्न बीके, रिदम तथा लिड गिटारमा साबिर कार्की र सारङ्गीमा कमलकुमार बीकेले साथ दिएका छन्।

म्युजिक भिडियोमा चेतन राई, चाहना राई, चिरायु विक्रम राई, सुमी लामा, पर्वता राई, रमेश पाठक, शिला गजुरेल, आयुषा राना मगर, कृति श्रेष्ठ, वरुणकुमार आचार्य, रामकृष्ण श्रेष्ठ, सन्तोषी कार्की, प्रवीण पुरी, सागर बस्याल, रोवी पुन, दिपेश शाह, मधु पुडासैनी, अमर चौधरी, राजु लामा, महेश प्रधानलगायत कलाकारको अभिनय रहेको छ।

भिडियोको छायाङ्कन रमित बोहरा तथा उनको टोलीले गरेका हुन्। सम्पादन तथा रङ संयोजन हेमनारायण श्रेष्ठले गरेका छन्। भिडियोको निर्देशन प्रवीण पुरी र चेतन राईले संयुक्त रूपमा गरेका हुन् भने मेकअप सन्तोषी कार्कीले गरेकी छन्।

नेपाली कला, संस्कृति र परम्परालाई गीतसंगीतमार्फत उजागर गर्ने उद्देश्यसहित तयार गरिएको ‘दसैँ तिहार’ गीतले चाडपर्वको रौनकसँगै नेपाली समाजको सांस्कृतिक एकतालाई उजागर गर्ने अपेक्षा गरिएको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार
ताजा समाचार
  • Site BY Sobij