अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले भारतको नयाँदिल्लीस्थित ताज प्यालेस होटलमा आयोजित ‘एनडीटीभी वर्ल्ड समिट २०२६’ मा सम्बोधन गर्दै छन्। अन्तर्राष्ट्रिय अतिथि वक्ताका रूपमा उनी बिहीबार नयाँदिल्ली पुगेका हुन्।
समिटअन्तर्गत ‘निकटताबाट समृद्धि : भारत–नेपाल अवसर’ शीर्षकको विशेष सत्रमा अर्थमन्त्री वाग्ले अतिथि वक्ताका रूपमा सहभागी छन्।
यसअघि अर्थमन्त्री वाग्ले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सम्बोधन गरेको समिटको सत्रमा अतिथिका रूपमा सहभागी भएका थिए। बिहीबार राति आयोजित उक्त सत्रपछि प्रधानमन्त्री मोदी र अर्थमन्त्री वाग्लेबीच संक्षिप्त भेटवार्ता तथा कुराकानीसमेत भएको थियो।
त्यसैगरी, भारतीय विदेशमन्त्री डा. एस. जयशंकरले सम्बोधन गरेको समिटको विशेष सत्रमा पनि अर्थमन्त्री वाग्ले सहभागी भएका थिए। सो क्रममा बदलिँदो विश्व व्यवस्था र अन्तर्राष्ट्रिय परिस्थितिका विषयमा वाग्ले र जयशंकरबीच प्रश्नोत्तरसमेत भएको थियो।
प्रतिक्रिया दिनुहोस