२०८३, कार्तिक ८ गते

शनिवार, कार्तिक ८ गते २०८३

एनपीएलको तेस्रो संस्करणका लागि पोखरामा भित्रिए बंगलादेशी अलराउन्डर सइफुदिन

शुक्रवार, कार्तिक ७ २०८३०१:२०

नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणका लागि पोखरा एभेन्जर्सले बंगलादेशका अलराउन्डर मोहम्मद सइफुदिनलाई अनुबन्ध गरेको छ।

पोखराले शुक्रबार सामाजिक सञ्जालमार्फत सइफुदिनलाई अनुबन्ध गरेको जानकारी दिएको हो। क्लबले बंगलादेशी अलराउन्डरलाई एनपीएलको तेस्रो संस्करणका लागि अनुबन्ध गर्न पाउँदा खुसी लागेको जनाएको छ।

सइफुदिन अनुभवी बलिङ अलराउन्डर हुन्। उमेर समूहबाट क्रिकेट खेल्दै राष्ट्रिय टोलीसम्म पुगेका उनले फ्रेन्चाइज क्रिकेटमा पनि प्रभावशाली प्रदर्शन गरेका छन्। बंगलादेश प्रिमियर लिग (बीपीएल) मा पाँच फरक टोलीबाट खेल्दै उनले कुल ९६ विकेट लिएका छन्।

उनले घरेलु टी–२० क्रिकेटमा १९३, टी–२० अन्तर्राष्ट्रियमा ६३ र एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा ४२ विकेट लिएका छन्।

सन् २०१६ मा सम्पन्न यू–१९ विश्वकपमा १३ विकेटसहित उत्कृष्ट प्रदर्शन गरेपछि सइफुदिनले सन् २०१७ मा बंगलादेशको राष्ट्रिय टोलीमा डेब्यू गर्ने अवसर पाएका थिए। उनले अप्रिलमा श्रीलंकाविरुद्धको टी–२० अन्तर्राष्ट्रिय खेलबाट सिनियर टोलीमा डेब्यू गरेका थिए।

यसअघि पोखरा एभेन्जर्सले एनपीएलको तेस्रो संस्करणका लागि बंगलादेशका पूर्वकप्तान साकिब अल हसन, मेहदी हसन, धनञ्जय लक्ष्मण र चमिका करुणारत्नेलाई पनि टोलीमा भित्र्याएको थियो।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार
ताजा समाचार
  • Site BY Sobij