२०८३, कार्तिक ८ गते

शनिवार, कार्तिक ८ गते २०८३

महँगी र ऊर्जा सङ्कटविरुद्ध इटलीमा प्रदर्शन, सुरक्षा व्यवस्था कडा

शनिवार, कार्तिक ८ २०८३०३:५३

बढ्दो महँगी र ऊर्जा सङ्कटलगायतका विषयलाई लिएर शनिबार इटलीभर प्रदर्शन हुने भएपछि सरकारले प्रमुख सहरहरूमा सुरक्षा व्यवस्था कडा पारेको छ । सम्भावित हिंसा र झडप नियन्त्रण गर्न हजारौँ प्रहरी तथा सैनिक परिचालन गरिएको छ भने निगरानीका लागि मानवरहित विमानसमेत प्रयोग गरिने भएको छ ।

युरोन्युजका अनुसार इटलीका रोम, मिलान, बोलोन्या, जेनोआ, टुरिन र फ्लोरेन्सलगायत सहरमा प्रदर्शनको तयारी गरिएको छ । देशभर जुलुस, धर्ना, सभा र हडतालसहित ३० भन्दा बढी कार्यक्रम तय भएका छन् । रोममा करिब एक हजार ५०० र मिलानमा करिब एक हजार ८०० सुरक्षाकर्मी परिचालन गर्ने तयारी गरिएको छ ।

गत अक्टोबर १७ र १८ मा भएका प्रदर्शनका क्रममा हिंसात्मक घटना भएपछि सुरक्षा व्यवस्था थप कडा पारिएको हो । रोमका सार्वजनिक चोक र रेल्वे स्टेसनलगायतका स्थानमा सुरक्षा जाँच गरिनेछ । प्रहरीले सामाजिक सञ्जालमा भइरहेका गतिविधिमाथि पनि निगरानी राखिरहेको छ ।

इटलीकी प्रधानमन्त्री जर्जिया मेलोनीले अघिल्ला प्रदर्शनका क्रममा भएको हिंसाको निन्दा गर्दै सुरक्षाकर्मीप्रति समर्थन जनाएकी छन् । उनले प्रदर्शन गर्नु नागरिकको अधिकार भए पनि सहरमा आगजनी र तोडफोड गर्नु स्वीकार्य नहुने बताएकी छन् ।

मेलोनीले विपक्षी दलहरूलाई पनि हिंसात्मक घटनाको स्पष्ट रूपमा विरोध गर्न र शान्तिपूर्ण प्रदर्शनका लागि आह्वान गर्न आग्रह गरेकी छन् । प्रदर्शनका क्रममा पुनः हिंसा भड्किन नदिन सरकारले सुरक्षा निकायलाई उच्च सतर्कतामा राखेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार
ताजा समाचार
  • Site BY Sobij