फिफा यू–१५ विश्वकप तथा फेस्टिभलअन्तर्गत आफ्नो पहिलो खेलमा नेपाल ट्युनिसियासँग पराजित भएको छ ।
अजरबैजानमा भएको खेलमा नेपाल ट्युनिसियासँग ३–१ गोलले पराजित भएको हो । ट्युनिसियाका लागि अयुब नुरी, करिम मुख्तार र अजिज मालेजले गोल गरे । नेपालका अर्जुन मगरातीले एक गोल फर्काए ।
अब नेपालले आइतबार गिनी–बिसाउ र एल साल्भाडोरसँग प्रतिस्पर्धा गर्नेछ । त्यस्तै, सोमबार ब्राजिल र डीआर कंगोसँग खेल्ने तालिका छ ।
नेपाल रहेको समूहमा ब्राजिल, डीआर कंगो, एल साल्भाडोर, गिनी–बिसाउ र ट्युनिसिया छन् ।
प्रतिक्रिया दिनुहोस