काठमाडौँ उपत्यकामा पछिल्लो २४ घण्टामा सवारी नियम उल्लङ्घन गर्ने ३३६ सवारीसाधनलाई कारबाही गरिएको छ ।
काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक (एसपी) नरेशराज सुवेदीका अनुसार मादक पदार्थ सेवन गरी सवारी चलाउने १०२, सिसी क्यामरामार्फत पहिचान भएका ३९ र रातो बत्ती उल्लङ्घन गर्ने २० चालक कारबाहीमा परेका छन् ।
त्यस्तै, तीव्र गतिमा सवारी चलाउने ५७, हर्न बजाएर सवारी चलाउने आठ, लेन अनुशासन उल्लङ्घन गर्ने तीन तथा सवारीसाधनको अवस्था ठीक नभएका दुई सवारीसाधनलाई कारबाही गरिएको कार्यालयले जनाएको छ ।
अन्य कसुरमा १०५ सवारीसाधनलाई कारबाही गरिएको छ ।
ट्राफिक प्रहरीले चाडपर्वका समयमा सवारी नियम उल्लङ्घन गरी सवारी चलाउने चालकमाथि निगरानी बढाउँदै कारबाही गर्दै आएको जनाएको छ ।
प्रतिक्रिया दिनुहोस