२०८३, कार्तिक ८ गते

शनिवार, कार्तिक ८ गते २०८३

हर्मुज जलमार्गमा सात तेल ट्याङ्करमा आक्रमण भएको इरानको दाबी

शुक्रवार, कार्तिक ७ २०८३०३:१५

इरानले हर्मुज जलमार्गमा सातवटा तेल ट्याङ्करमाथि आक्रमण भएको र ती जहाजमा क्षति पुगेको दाबी गरेको छ। समाचार संस्था अलजजीराका अनुसार, गत फेब्रुअरी २८ मा अमेरिका र इजरायलले इरानविरुद्ध युद्ध सुरु गरेयता हर्मुज जलमार्गमा एकै दिन भएको यो सबैभन्दा ठूलो क्षति हो।

यसैबीच, इरानको इस्लामिक रिभोलुसनरी गार्ड कोर (आईआरजीसी) ले अमेरिकालाई चेतावनी दिएको छ। अमेरिकाले ट्याङ्करहरूलाई हर्मुज जलमार्गको अर्को मार्ग हुँदै आवतजावत गर्न सहयोग गरे मध्यपूर्वमा रहेका अमेरिकी सैन्य आधारहरूमाथि आक्रमण गर्न सकिने आईआरजीसीले जनाएको छ।

इरानले हर्मुज जलमार्गमा आफ्नो नियन्त्रण रहेको दाबी गर्दै आएको छ। युद्ध सुरु हुनुअघि विश्वभर खपत हुने कुल तेल तथा ग्यासको करिब २० प्रतिशत यही जलमार्ग हुँदै ढुवानी हुने गर्थ्यो।

इरानले आफ्नो अनुमतिबिना हर्मुज जलमार्ग पार गर्ने प्रयास गर्ने जहाजमाथि नियमित रूपमा आक्रमण गर्दै आएको छ।

अमेरिकी सेनाले भने हर्मुज जलमार्ग हुँदै आवतजावत गर्ने जहाजलाई सुरक्षा प्रदान गर्ने गतिविधि बढाएको छ। त्यसको प्रतिक्रियास्वरूप इरानले आक्रमण तीव्र पारेको जनाइएको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार
ताजा समाचार
  • Site BY Sobij