२०८३, आश्विन ६ गते

मंगलवार, आश्विन ६ गते २०८३

वर्षाले बस्ती डुबानमा

बुधवार, आषाढ १५ २०७९०२:१८

कैलाली। मङ्गलबार राति परेको अविरल वर्षाको कारण कैलालीको भजनी नगरपालिका र जोशीपुर गाउँपालिकाका केही वडा डुबानमा परेका छन्। भजनी नगरपालिका–३, ४, ५, ७ र ८ का केही स्थानमा डुबान भएको छ।

त्यस्तै जोशीपुर गाउँपालिका–३ मा पनि दर्जनौँ घर डुबानमा परेका छन्। कान्द्रा नदीको बाढीले सतह पार गरेको छ भने काढा नदी फुट्दा स्थानीयवासीका घरमा डुबान भएको छ। स्थानीय जयप्रसाद ढुङ्गानाका अनुसार काढा नदीले बाँध फुटाउँदा स्थानीयवासी आउसे दमाइँ लगायतका घरहरू जोखिममा रहेका छन्।“नदी फुटेर गाउँ पसेको छ। नदीको ढिकमा भएका घरहरू जोखिममा रहेका छन् भने कृष्णपुर गाउँ नै डुबानको जोखिममा रहेको छ ”, ढुङ्गानाले भने, “नदीको बहाव बढ्दै जाने हो भने बस्तीलाई नै स्थानान्तरण गर्नुपर्ने अवस्था आउन सक्छ। गाउँ पसेको पानीले कति असर गर्छ भन्ने हो।”

वर्षाका कारण कान्द्रा, पथरैया, काढा, मोहना लगायतका नदीमा पानीको सतह बढेको स्थानीयवासी खेमराज पाण्डेले बताए। “पानीको सतह बढ्दै गएको छ। हामीले स्थानीयवासीलाई सतर्क रहन आग्रह गरिरहेका छौँ। कतिपय ठाउँमा पानीको सतह सडकभन्दा माथि पुगिसकेको छ ”, पाण्डेले भने, “पानीको सतह बढ्दै जाने हो भने सयौँ परिवारलाई सुरक्षित स्थानमा स्थानान्तरणको अवस्था आउन सक्छ।”

कान्द्रा नदीमा पानीले सतह पार गरेपछि डुङ्गाको प्रयोग गरिएको छ। स्थानीयवासीलाई आवतजावतका लागि डुङ्गाको मद्दतबाट वारपार गराइँदै आएको स्थानीयवासी राजेन्द्र बोहराले बताए। तटीय क्षेत्रका स्थानीयवासीलाई सतर्क रहन आग्रह गरिएको बताउँदै बहुमूल्य वस्तुहरुको सुरक्षाका लागि स्थानीयवासीले तयारी थालेको उनले जानकारी दिए।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार
Site BY Sobij