काठमाडौं । सरकारले मन्त्रिपरिषद् बैठकका मुख्य निर्णयहरू सार्वजनिक गरेको छ । सरकारका प्रवक्ता एवं शिक्षामन्त्री सस्मित पोखरेलले मन्त्रिपरिषद्का निर्णयहरू सार्वजनिक गरेका हुन् ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा दिउँसो बसेको बैठकले रिक्त रहेका १३ देशका लागि नेपाली राजदूत सिफारिस गर्नेदेखि नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशक नियुक्त गर्नेसम्मका निर्णय गरेको छ ।
बैठकका निर्णयअनुसार विभिन्न १३ देशका लागि नेपाली राजदूत नियुक्त गर्न सिफारिस गर्दै संसदीय सुनुवाइका लागि संघीय संसद्मा पठाउने निर्णय गरिएको छ ।
राजदूतका लागि सिफारिस हुनेहरू :
१. डा. निश्चलनाथ पाण्डे — भारत २. डा. कल्याणराज शर्मा — चीन ३. चिरनजंग थापा — संयुक्त राज्य अमेरिका ४. पूर्वप्रधानसेनापति गौरवशम्शेर जबर — संयुक्त अधिराज्य (यूके) ५. जिज्ञानकुमार थापा — जापान ६. सुरेशकुमार कर्ण — इजरायल ७. प्राप्ति शेरचन — स्पेन ८. शरू जोशी — जर्मनी ९. डा. पद्माक्षी राणा — ओमान १०. चूडामणि खरेल — मलेसिया ११. प्रा. डा. सङ्गम श्रेष्ठ — दक्षिण कोरिया १२. डा. मञ्चला झा — श्रीलंका १३. गिरीबहादुर सुनार — साउदी अरेबिया
बैठकले नेपाली नागरिकता पाँचौँ संशोधन नियमावली, २०८३ स्वीकृत गर्ने निर्णयसमेत गरेको छ ।
त्यस्तै, साविकमा कृषि, वन तथा वातावरण मन्त्रालयअन्तर्गत रहेको नेपाल मौसम विभागलाई ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयअन्तर्गत राख्ने गरी नेपाल सरकार कार्यविभाजन नियमावली, २०८३ संशोधन गर्ने निर्णय गरिएको छ ।
मन्त्रिपरिषद्ले नेपाल विद्युत् प्राधिकरणको रिक्त कार्यकारी निर्देशक पदमा काठमाडौंका दीर्घायुकुमार श्रेष्ठलाई नियुक्त गर्ने निर्णय पनि गरेको छ ।
यसैगरी, सहसचिव रुद्रसिंह तामाङलाई राजपत्रांकित विशिष्ट श्रेणीको सचिव पदमा बढुवा गर्ने निर्णय भएको छ ।
नेपाली संचार क्षेत्रमा वेग्लै पहिचान निर्माण गर्ने हेतु तथा सत्य, तथ्य, निश्पक्ष र ताजा समाचारहरु आम पाठकहरु समक्ष पस्कने पहिलो दायित्ववोध सहित स्थापना भएको प्याजेन्ट नेपाल नेटवर्कद्वारा संचालित सूचना तथा प्रसारण विभाग र प्रेस काउन्सिल नेपालमा दर्ता भएको राष्ट्रखवर पत्रिकाको अनलाईन संस्करणwww.rastrakhabar.com तथा https://rastrakhabar.com.np/ बाट २४ सै घण्टा सूचनामूलक जानकारी प्रेषित गर्ने लक्ष्य बमोजिम स्थापना गरिएको छ । अतः यहांको सल्लाह,सुझावको अत्यन्त आवश्यकता हामीले महशुस गरेका छौ ।
सूचना तथा प्रसारण विभाग दर्ता नं. : ४३२ प्याजेन्ट नेपाल नेटवर्क प्रा.लि
ठेगाना : नक्साल १,काठमाडौं
कर्पोरेट : गोकर्णेश्वर ५,काठमाडौ
फोनः ९८५१०३५८१५,९८०८८४०३६०
ईमेल : pageantnepal@gmail.com
प्रकाशक
प्याजेन्ट नेपाल नेटवर्क प्रा.लि. प्रबन्ध निर्देशक
राजेन्द्र लुईटेल प्रधान सम्पादक
विपिन पोखरेल
प्रतिक्रिया दिनुहोस