२०८३, आश्विन ६ गते

मंगलवार, आश्विन ६ गते २०८३

कोशीमा डेंगु संक्रमण बढ्दो, झापा सबैभन्दा प्रभावित

सोमवार, आश्विन ५ २०८३०८:१२

विराटनगर । कोशी प्रदेशमा डेंगु संक्रमणको दर बढ्दै गएको छ । प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार झापा जिल्ला डेंगुको संक्रमणबाट सबैभन्दा बढी प्रभावित देखिएको छ ।

स्वास्थ्य निर्देशनालयकी जनस्वास्थ्य अधिकृत स्मृति लुईँटेलका अनुसार सन् २०२६ सेप्टेम्बर १९ सम्म कोशी प्रदेशमा ७९३ जनामा डेंगु संक्रमण पुष्टि भएको छ । संक्रमण प्रदेशका सबै १३ जिल्लामा फैलिएको छ ।

झापामा मात्रै २२८ जनामा संक्रमण पुष्टि भएको छ । त्यसपछि सुनसरीमा २०३ जना संक्रमित भएका छन् ।

निर्देशनालयका अनुसार ओखलढुंगामा १२२, खोटाङमा ८२, पाँचथरमा ४४, उदयपुरमा ३४, भोजपुरमा ३१, मोरङमा २०, संखुवासभामा १८, धनकुटामा ४, सोलुखुम्बुमा ३, तेह्रथुममा ३ र ताप्लेजुङमा १ जनामा डेंगु संक्रमण पुष्टि भएको छ ।

सोही अवधिमा विभिन्न जिल्लामा डेंगु संक्रमणका ५१ जना सम्भावित तथा दुई जना शंकास्पद बिरामी अस्पतालमा रहेको लुईँटेलले जानकारी दिइन् ।

डेंगु संक्रमणको जोखिम बढ्दै गएपछि लामखुट्टेको बासस्थान पहिचान गरी नष्ट गर्ने तथा समुदायस्तरमा जनचेतनामूलक अभियान सञ्चालन गर्न आवश्यक रहेको उनले बताइन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार
Site BY Sobij