अर्थमन्त्री स्वर्णिम वाग्ले र भारतीय विदेशमन्त्री एस जयशंकरबीच भेटवार्ता भएको छ ।
भारत भ्रमणमा रहेका वाग्लेले विदेशमन्त्री जयशंकरसँग भेट गरेका हुन् ।
भेटमा मन्त्री वाग्लेले विपद्को समयमा भारतीय पक्षले सहयोगमा देखाएको तत्परताप्रति आभार व्यक्त गरेका छन् । विदेशमन्त्री जयशंकरसँगको भेटमा द्विपक्षीय हितका विषयमा छलफल भएको मन्त्री वाग्लेको सचिवालयले जनाएको छ ।
भारतीय विदेशमन्त्री जयशंकरले वाग्लेसँग आर्थिक, राजनीतिक र कनेक्टिभिटीको विषयमा छलफल भएको उल्लेख गरेका छन् । विपद्मा ज्यान गुमाएकाहरूप्रति उनीमार्फत् श्रद्धाञ्जली प्रकट गरेको जानकारी मन्त्री जयशंकरले एक्समार्फत गराएका छन् ।
प्रतिक्रिया दिनुहोस