२०८३, आश्विन ६ गते

मंगलवार, आश्विन ६ गते २०८३

विश्लेषक भरत दाहाल मोरङबाट पक्राउ

आइतवार, आश्विन ४ २०८३०१:०४

 राजनीतिक विश्लेषक भरत दाहाललाई प्रहरीले मोरङको सलकपुरबाट आइतबार पक्राउ गरेको छ।

काठमाडौं जिल्ला अदालतले जारी गरेको पक्राउ पूर्जीका आधारमा सुन्दर हरैंचा–८ सलकुपरमा गौरी ढकालको चिया पसलबाट पक्राउ गरी जिल्ला प्रहरी कार्यालय मोरङ हुँदै दाहाललाई प्रहरी परिसर काठमाडौं ल्याइँदैछ।

उनलाई साइबर क्राइम अर्थात विद्युतिय कारोबार ऐनअन्तर्गत जाहेरीका आधारमा पक्राउ पूर्जी जारी भएको बताइन्छ।

दाहाललाई पक्राउ गरी जिल्ला प्रहरी कार्यालयलाई जिम्मा लगाइएको इलाका प्रहरी कार्यालय बेलबारीले पुष्टि गरेको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार
Site BY Sobij