२०८३, आश्विन ६ गते

मंगलवार, आश्विन ६ गते २०८३

नयाँ प्रणालीमार्फत लाइसेन्स छपाइ सुरु

आइतवार, आश्विन ४ २०८३०१:१२

सरकारले साउन १ गतेदेखि लागू गरेको विद्युतीय ड्राइभिङ लाइसेन्स तथा सवारी दर्ता प्रणाली (ईडीएलभीआरएस) मार्फत सवारी चालक अनुमतिपत्र (लाइसेन्स) छपाइ सुरु गरेको छ ।

सेवाग्राहीको चाप र लामो समयदेखि देखिँदै आएको लाइसेन्स छपाइसम्बन्धी समस्या समाधान गर्ने उद्देश्यले पूर्वाधार विकास मन्त्रालयअन्तर्गतको यातायात व्यवस्था विभागले नयाँ प्रणालीमार्फत छपाइ प्रक्रिया अघि बढाएको हो ।

नयाँ प्रणालीले नयाँ लाइसेन्स जारी गर्ने तथा पुरानो लाइसेन्स नवीकरण गर्ने प्रक्रियालाई छिटो, सहज र सेवामुखी बनाउने अपेक्षा गरिएको छ । ईडीएलभीआरएसमा अपलोड गरिएका सेवाग्राहीका विवरण सिधै सुरक्षण मुद्रणमा पुग्ने व्यवस्था गरिएको छ । सुरक्षण मुद्रणले लाइसेन्स छपाइ गरी हुलाकमार्फत सम्बन्धित यातायात व्यवस्था सेवा कार्यालयमा पठाउनेछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार
Site BY Sobij