२०८३, श्रावण १० गते

आइतवार, श्रावण १० गते २०८३

आम्दानीको राम्रो स्रोत ‘ड्रागन फ्रुट’ प्रदेश, गण्डकी

बुधवार, आषाढ २२ २०७९०९:१३

कावासोती, असार २२ गते । नयाँ खेतीको रूपमा फस्टाउँदै गएको ‘ड्रागन फ्रुट’को खेती विस्तारै आम्दानीको राम्रो स्रोत बन्दै गएको छ । पूर्वी नवलपरासीको कावासोती नगरपालिका–१७ लगायतका स्थानमा यसको व्यावसायिक खेती प्रारम्भ गरिएको छ ।असार महिना किसानहरू धान रोपाइँमा व्यस्त देखिन्छन् तर कावासोती–१७ गोछडा निवासी नवराज सुवेदीलाई ड्रागन फ्रुट खेतीको रेखदेख गर्न भ्याइनभ्याइ छ ।  बोम अर्गानिक कृषि फर्मका सञ्चालक सुवेदीको दैनिकी ड्रागन फ्रुट’ खेतबारीमा बित्ने गरेको छ । बिहान उठ्ने बित्तिकै उहाँ ड्रागन फ्रुट’ खेती भएको ठाउँमा पुग्नुहुन्छ ।

महँगो फलका रूपमा चिनिएको यसको व्यावसायिक खेती गर्ने उद्देश्यका साथ आफू लागेको उहाँले बताउनुभयो । युवाले स्वदेशमा नयाँ सम्भावना र अवसरको पहिचान गरी मेहनत गर्ने हो भने मनग्ये आम्दानी गर्न सकिन्छ भन्ने उदाहरण आफू भएको दाबी उहाँको छ । भन्नुहुन्छ, विदेशमा गर्ने मेहनत स्वदेशमा गर्ने हो भने यहाँ पनि सफल बन्न सकिन्छ ।

अहिले धेरै युवा विदेशिने गरेकाले आफू स्वदेशमा नै बसेर कृषि व्यवसाय गर्न लागेको स्पष्ट पार्दै उहाँले आर्थिक आयआर्जनका लागि ‘ड्रागन फ्रुट’को खेती सुरु गरेको बताउनुहुन्छ । साढे चार बिघा क्षेत्रफलमा यसको खेती सुरु गर्नुभएका सुवेदीको बोम अर्गानिक कृषि फर्ममा दुई जनाले रोजगारी समेत पाएका छन् ।

नयाँ प्रजातिको फल भएकाले सम्भावना र बजार दुवै हुने देखेर खेती प्रारम्भ गरेको उहाँले बताउनुभयो । सामान्यतया यसको मूल्य प्रतिकिलो आठ सयदेखि एक हजार रुपियाँसम्म पर्ने गरेको छ । यसमा १३ प्रकारका पोषक तìव हुने भएकाले स्वास्थ्यका लागि लाभदायिक रहेको बताइन्छ ।  अहिले ड्रागन फ्रुटको व्यावसायिक खेती विस्तार हुने क्रमसँगै आम्दानीको राम्रो स्रोत बन्ने गरेको कृषि ज्ञान केन्द्र कावासोती एकाइका कृषि विकास अधिकृत मीरा चौधरीले बताउनुभयो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार
ताजा समाचार
  • Site BY Sobij