२०८३, श्रावण १० गते

आइतवार, श्रावण १० गते २०८३

सफा देखिन थाल्यो काठमाडौँ महानगर

बुधवार, आषाढ २२ २०७९०९:५१

काठमाडाैं । बालेन शाहको नेतृत्व पाएदेखि नै काठमाडौँ महानगरभित्र सकारात्मक सुधार देखिन थालेका छन् ।महानगरले मसिना सुधारका कामहरू अघि बढाएको छ । यसैक्रममा महानगरका सडक छेउमा थुप्रिएका माटो तथा फोहोर उठाएर नाली सफा गर्ने काम सुरु भएको छ ।

महानगरले थप जनशक्ति परिचालन गरेर सडक र किनारा सफाइ गर्ने, फोहोर बटुल्ने, किनाराको झार उखेल्ने, बर्खे पानी बग्ने नालीमा जम्मा भएको माटो निकाल्ने, बोटविरुवा गोडमेल गर्ने, काँटछाँट गर्नेजस्ता काम सुरु गरेको हो ।सडकबाट छुटेका शाखा सडकबाट जमेका धुलो माटो, फोहोर, फुटपाथमा झाँगिएका झारले महानगर बिरुप बन्दै गएको थियो । नाली सफा नहुँदा पानी ढलमा पस्न नपाएर सडकमा जम्ने समस्या बढ्दै गएको थियो ।महानगरले सफाइ अभियान अघि बढाएसँगै सडक व्यवस्थित र सफा देखिन थालेको छ ।

तस्बिरमा हेर्नुहोस्, सफा हुँदै गरेको महानगर :

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार
Site BY Sobij