२०८३, श्रावण १० गते

आइतवार, श्रावण १० गते २०८३

कर्णाली प्रदेशसभा बैठक आज पनि चल्न नदिने एमालेको तयारी

बिहिवार, आषाढ २३ २०७९१०:५३

२३ असार, सुर्खेत । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेको अवरोधका कारण स्थगित भएको कर्णाली प्रदेशको प्रदेशसभा बैठक आज पुनः बस्दैछ ।आफना माग सम्बोधन गर्नका लागि पटकपटक आग्रह गरेपनि मुख्यमन्त्री जीवनबहादुर शाहीले सम्वोधन नगरेको जनाउँदै एमालेले बैठक अबरुद्ध गर्दै आएको छ ।

गत माघमा भएको ७ बुदेँ सहमति कार्यान्वयन नगरेको, मुख्यमन्त्री रोजगार कार्याक्रमको कार्यबिधि नसच्चाएको, सुदुरपश्चिमका तीनवटा जिल्लालाई समेटेर बजेट ल्याएको आरोप एमालेले लगाउँदै त्यसलाई सच्चाउनु पर्ने माग गर्दै आएको छ ।तर, मुख्यमन्त्री शाहीले प्रतिपक्षी दलको माग सम्वोधन नगरिसकेकाले आजको प्रदेशसभाको बैठक पनि अबरुद्ध हुने एमालेले चेतावनी दिएको छ ।

पटकपटक सर्वदलीय बैठकबाट सहमति गर्ने प्रयास गरे पनि सहमतिमा नपुगेको अवस्थामा सभामुख राजबहादुर शाहीले बैठक अघि पुनः सर्बदलीय बैठक बोलाएर सहमतिको प्रयास गर्ने तयारी गरेका छन । त्यसका लागि अपरान्ह सर्वदलीय बैठकबाट समस्या समाधानको हल खोज्ने सभामुख शाहीले जानकारी दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार
ताजा समाचार
  • Site BY Sobij