२०८३, आश्विन ६ गते

मंगलवार, आश्विन ६ गते २०८३

गण्डकीका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले दिए राजीनामा

बुधवार, चैत्र २१ २०८०११:४४

गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले पदबाट राजीनामा दिएका छन्।  आज बिहान मुख्यमन्त्री पाण्डेले प्रदेश प्रमुख डिल्लीराज भट्टलाई राजीनामा पत्र बुझाएका हुन्।

गत फागुन २३ मा नेकपा माओवादी केन्द्रले गण्डकी सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि कांग्रेसका सुरेन्द्रराज नेतृत्वको सरकार अल्पमतमा परेको थियो।

सरकार अल्पमतमा परेको ३० दिनभित्र विश्वासको मत लिनुपर्ने कानुनी प्रावधानअनुसार पाण्डेले चैत २२ भित्र विश्वासको मत लिनुपर्ने थियो। तर मुख्यमन्त्री पाण्डेले विश्वासको मत नलिइ पदबाट राजीनामा दिएका हुन्।

पाण्डे २०८० वैशाख १५ मा मुख्यमन्त्री पदमा नियुक्त भएका थिए। केन्द्रमा सत्ता समिकरण फेरिएपछि यसको असर गण्डकी प्रदेशमा पनि देखिएको छ।

सरकार बनाउन गण्डकीमा राष्ट्रिय प्रजातन्त्र पार्टी निर्णायक बनेको छ।  ६० सदस्यीय गण्डकी प्रदेशमा कांग्रेसको २७ सिट छ। दोस्रो ठूलो दलको हैसियतमा नेकपा एमालेको २२ सिट छ भने, ८ सिटसहित माओवादी केन्द्र तेस्रो स्थानमा छ। राप्रपाको दुई सिट रहेको छ भने स्वतन्त्र सांसदको पनि सहभागिता छ। सरकार बनाउन गण्डकीमा ३१ सीटको आवश्यकता पर्दछ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार
Site BY Sobij