Logo
05 Dec 2024    २० मंसिर २०८१, बिहीबार

ताजा खबर

मानव तस्करीको आरोप लागेका पूर्वमन्त्री अधिकारीलाई मुद्दा चलाउन सर्वोच्चमा रिट भुटानका राजा करिब ५ घण्टा काठमाडौँमा रहने अल्लू अर्जुनविरुद्ध उजुरी इतिहासकार पुरुषोत्तम शमशेर राणाको निधन चीन भ्रमणमा ऋण लिने गरी कुनै पनि सम्झौता भएको छैनः प्रधानमन्त्री ओली पाल्पामा सुन्तला महोत्सव हुँदै

अमेरिकी राष्ट्रपति जो बाइडेन र नवनिर्वाचित राष्ट्रपति ट्रम्पबीच भेटवार्ता

Reporter

अमेरिकी राष्ट्रपति जो बाइडेन र नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पबीच भेटवार्ता भएको छ । गएराति ह्वाइटहाउसमा बाइडेन र ट्रम्पबीच भेटवार्ता भएको हो ।भेटवार्तामा सत्ता हस्तान्तरण र यसको प्रक्रियाको बारेमा छलफल भएको बीबीसीले जनाएको छ ।

अमेरिकी राजनीतिमा चुनावपछि वर्तमान राष्ट्रपति र नयाँ निर्वाचित राष्ट्रपतिबीच औपचारिक रुपमा भेट गर्ने परम्परा रहँदै आएको छ ।

यो भेटमा ट्रम्प आफ्नो नयाँ टिमसहित ह्वाइटहाउस पुग्नुभएको थियो । बाइडेनले ट्रम्पलाई ह्वाइटहाउसमा स्वागत गर्दै सत्ताको सहज हस्तान्तरण हुने स्पष्ट पार्नुभएको छ ।

ट्रम्पले पनि ह्वाइटहाउसमा पुनः फर्किन पाउदा खुशी लागेको उल्लेख गर्दै सत्ता हस्तान्तरणको प्रक्रिया सहज रुपमा अगाडी बढ्ने विश्वास व्यक्त गर्नुभएको छ ।

गएको नोभेम्बर ५ तारिखमा भएको चुनावमा डेमोक्रेटिक उम्मेदवार कमला ह्यारिसलाई पराजित गर्दै ट्रम्प राष्ट्रपतिमा निर्वाचित हुनुभएको हो ।

अहिले उहाँले आफ्नो प्रशासनमा धमाधम नियुक्ति गरिरहनुभएको छ । उहाँको सपथ भने आउने जनवरीमा हुनेछ ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको